शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर रह्नेगरी सहमति (निणर्य सहित)

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर रह्नेगरी सहमति (निणर्य सहित)


सुलोचना महता, चैत्र १४ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको केन्द्र साविकको गोकुलेश्वर नै राख्ने गरी शैल्यशिखर नगरपालिका र आन्दोलनकारी बिच सहमति भएको छ । शैल्यशिखर नगरपालिकाको कार्यपालिकाद्धारा नगरपालिकाको केन्द्र नक्तड राख्ने प्रति गोकुलेश्वरका स्थानीय र व्यापारीहरुले मंगलबार देखि बुधबार सम्म गरेको विरोधको समाधान भएको छ । 
शैल्यशिखर नगरपालिका र आन्दोलनकारी बिच भएको सहमति अनुसार नगरपालिकाको कार्यपालिकामा ११ गते बसेको बैठकले गरेको तत्काल कार्यान्वयन नगरी अर्को नगरकार्यपालिकाको बैठकमा एकल एजेन्डाको रुपमा प्रस्तुत गर्ने सहमति भएको स्थानीय व्यापारी धनराज जोशीले बताउनु भयो । त्यसैगरी शैल्यशिखर नगरपालिकाको केन्द्र गाेकुलेश्वर नै राख्ने गरी गाेकुलेश्वर बजार क्षेत्रमा  नयाँ भवन निर्माणका लागि  दश रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनका लागि नगरसभाले आह्वानको सुचना प्रकाशन गर्ने निर्णय गरेर सहमति भएको स्थानीय व्यापारी जाेशीले बताउनु भएकाे छ । शैल्यशिखर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा हिजो दिउँसो बाट लगाएको ताला तथा बन्द रहेको गोकुलेश्वर बजार खुलेको छ । यहि ११ गते नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकाको केन्द्र नक्तड राख्ने निणर्य सच्याउन माग राख्दैँ गोकुलेश्वरका स्थानीय तथा व्यापारीहरुले गोकुलेश्वर बजार क्षेत्र बन्द, नगरपालिका घेराउ तथा नाराबाजी र विरोधप्रदर्शनी गरेका थिए ।