न्यायमा सबैको पहुँच हुनु पर्छ ः न्यायाधिश पराजुली 

६ बर्ष अघि

२0७५ जेष्ठ ३0 बुधबार

न्यायमा सबैको पहुँच हुनु पर्छ ः न्यायाधिश पराजुली 

जेठ ३० दार्चुला । जिल्ला अदालत दार्चुलामा जिल्ला न्यायाधिसको जिम्मेवारी सम्हाल्दै एकसाता पहिले दार्चुला आईपुगेका ईश्वर पराजुलीले पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्दै न्यायमा सबैको समान पहूँच हुनु पर्ने बताए । 
पछिल्लो समय न्यायक्षेत्रका गतिविधीहरु नागरिक तहसम्म पुगाउने र सबैको न्यायमा सहज पहुँच पु¥याउने कार्यक्रम अन्तरगत सञ्चारकर्मी, विभिन्न अन्य निकायहरु छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम अन्तरगत सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो ।
जिल्ला अदालतका श्रेष्तेदार शेरबहादुर विष्ट, जिल्ला बार एसोसिएसनका अधिबक्ता धिरेन्द्र सिह साउँद, जिल्ला अदालतका कर्मचारी र जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
यसका अतिरिक्त आगामी भाद्र १ गतेबाट परिवर्तन भईरहेको मुलुकी ऐन र ऐनका विभिन्न प्रावधानहरुको बारेमा पनि जनचेतना गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
जिल्ला अदालतबाट हुने विभिन्न मुद्धा छानविनको बारेमा अदालतबाट सार्वजनिक गर्नु पर्ने कुराहरुमात्रै बाहिर मिडियाहरुमा पनि सम्प्रेषणहुनु पर्नेमा मिडियाकर्मी सचेत रहको प्रति जिल्ला न्यायाधिश पराजुलीले विस्वास व्यक्त गर्नु भयो ।