दार्चुला बैैतडी जोड्ने पुल जिर्ण बन्दै

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

दार्चुला बैैतडी जोड्ने पुल जिर्ण बन्दै

ललित सामन्त,चैत १४ दार्चुला । दार्चुुला बैतडी जोड्ने पुल पछिल्ल्लो समय जिर्ण बन्दै गएको छ । विः स २०५९÷६० सालतिर बनेको दुबैै जिल्लालाई जोड्ने दार्चुला बैतडी जोड्ने चमेलिया नदीमा रहेको पक्की पुल जीर्ण बन्दै गएको छ ।

दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि र्मतको पहल नभएको स्थानीय जिज्ञासु बताउँछन् । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । निर्माणपछि पुल मर्मत गरिएको छैन । उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी बताउने गरेका छन् ।

 चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पुर्यौएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौँ यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी बताउँछन् । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन् । नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ । बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५र६ वर्ष मात्रै टेक्ने निर्माण कमपनीका ढेकेदारहरुले बताउने गरेका छन् ।