आठ महिनामा दार्चुलामा छ टावर निर्माण, तिन टावर बन्ने कम्रमा

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

आठ महिनामा दार्चुलामा छ टावर निर्माण, तिन टावर बन्ने कम्रमा

सुलोचना महता, चैत्र १४ दार्चुला । दार्चुलामा चालु आर्थिक वर्ष २०७५÷०७६ को आठ महिनाको अवधिमा ६ वटा टावर निमार्ण भएको छ । चालुआवमा नौवटा टावर निमार्ण गरीने योजना अनुसार आठ महिनाको अवधिमा छ वटा टावर निमार्ण हुनुका साथै तिनवटा टावर बन्ने क्रममा रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । चालु आवमा आम जनतालाई सुचना तथा प्रविधिसँग जोड्नका लागि पुरानो सर्वे अनुसार उक्त नौवटा टावर निमार्ण भइरहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनु भयो ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका २ खार र वडा नम्बर ४ सिप्टी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती, महाकाली नगरपालिका वडा नम्बर २ झुस्कुकाटैँ र वडा नम्बर ६ धाप, शैल्यशिखर नगरपालिका वडा नम्बर १ रानीशिखर गरी छ वटा ठाउँमा नेपाल टेलिकमको नमस्ते(जिएसएम)को टावर निमार्ण भई सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाका प्रमुख केबी गुरुङले जानकारी दिए । त्यस्तै व्यासँ गाउँपालिका वडा नम्बर २ राप्ला, दुहुँ गाउँपालिका वडा नम्बर १ दम्दाकोट र मार्मा गाउँपालिका वडा नम्बर ४ को तपोवनमा नमस्तेको टावर बन्ने क्रममा रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए । दार्चुला जिल्लाभरी हाल सम्म १५ वटा टावर सञ्चालनमा रहेका भएतापनि नेपाल टेलिकमले अझै पनि प्रभावकारी ढङगले सेवा दिन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । दार्चुलामा नेपाल टेलीकम बाहेक सेवा प्रदायक सस्था नहुनुले पनि जिल्लामा सञ्चार सेवा प्रभावकारी हुन नसकेको स्थानीयहरु बताउछन् ।