त्रिदेशीय सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको कार्य नेपाली सेनालाई दिन माग राख्दैँ प्रधानमन्त्रीलाई ज्ञापनपत्र

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

त्रिदेशीय सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको कार्य नेपाली सेनालाई दिन माग राख्दैँ प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दृष्टिकाेण समाचार, चैत्र १३ दार्चुला ।त्रिदेशीय सीमा क्षेत्र सम्म दार्चुला खलंगा–तिंकर सडक निर्माण कार्य जिम्मा नेपाली सेना मार्फत गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार दार्चुलाबाट संघीय सांसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय सांसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले दार्चुला जिल्लाकाे चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको नेपाली सेना मार्फत गराउनलाई दिने निर्णय गराउनका लागि ज्ञापन पत्र बुझाएका हुन् । 

लामाे समय विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्पत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको दार्चुलाबाट संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनु भयाे । आव २०६७/६८  द्खि १५ वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी  निर्माण भइरहेकाे  तिंकर सडक अायाेजनाले ११ वर्ष वित्नै लाग्दा हाल सम्म सदरमुकाम खलंगा–तिंकर सडकखण्डको ४० किलोमिटर मात्र ट्रयाक खोलिएको छ । त्यसै गरी २५ वर्ष देखि बन्द गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । गोकुलेश्वर विमानस्थल बन्द हुदाँ उक्त विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्ट तलब खादैँ आइरहेका छन् ।