आठ महिनामा दार्चुलामा ५६ प्रतिशत मुद्धा फछ्र्यौट

५ बर्ष अघि

२0७५ चैत्र १३ बुधबार

आठ महिनामा दार्चुलामा ५६ प्रतिशत मुद्धा फछ्र्यौट


सुलोचना महता, चैत्र १३ दार्चुला । जिल्ला अदालत दार्चुलामा चालु आर्थिक वर्ष २०७५÷०७६ को आठ महिनाको अवधिमा ५६ दशमलव २५ प्रतिशत मुद्धा फछ्र्यौट भएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ बाट जिम्मेवारी सरी आएको २६ थान मुद्धा र चालु आर्थिक वर्षमा दर्ता भएका ७० थान मुद्धा गरी जम्मा ९६ थान मुद्धा दर्ता भएका छन् । 
दर्ता भएका मुद्धाहरुमा चालुआवको आठ महिनाको अवधिमा ५४ थान मुुद्धा फैसला भई ४२ थान मुद्धा बाँकी रहेको जिल्ला अदालत दार्चुलाका सुचना अधिकारी लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा जिल्ला अदालत दार्चुलामा मुद्धा दर्ता गर्ने संख्या वृद्धि भएको सुचना अधिकारी पन्तले बताउनु भएको छ । चालुआवको आठ महिना सम्मको ५३ प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी ५६ दशमलव २५ प्रतिशत मुद्धा फछ्र्यौट भएको जिल्ला अदालत दार्चुलाले जनाएको छ । चालु आवको साउन महिनामा ८, भाद्रमा ६, असोजमा ७, कार्तिकमा ६, मंसिरमा १३, पुषमा ८, माघ ४, फागुनमा १३ र चैत्र १३ गते सम्म ५ मुदा गरी ७० मुद्धा दर्ता भएका छन् ।