गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन हुने

५ बर्ष अघि

२0७५ चैत्र १३ बुधबार

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन हुने

ललित सामन्त,चैत १३ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको आयोजनामा सञ्चालन हुने प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यहि चैत २७,गते २८ गते र २९ गते गरी दार्चुलाको मालिकाजर्जुन गाउँपालिका वाड नम्बर ६ उकुमा विद्यालयस्तरीय ३ दिने प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।

उहाँका अनुसार अगामी बैशाख ५ गते बाट बैशाख ९ गते सम्म सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउने भएकाले गाउँपालिका भित्रका जम्मा ११ वटा मावि विद्यालयहरुका छात्र छात्राहरुले सहभागिता जनाउने भएका छन् । त्यसमा पनि गाउँपालिका वाट विजेता र उप विजेताको टिमलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समावेश गराइने उहाँले बताउनु भयो । त्यसका लागि शिक्षा विकास तथा समन्वय एकाई दार्चुला बाट रु १ लाख रुपैँया र गाउँपालिका बाट ५ लाख रुपैँया विनियोजन गरेकालले जनाएको छ ।