माग पुरा नभए आन्दोलन जारी रह्ने प्रदर्शनकारीको चेतावनी 

५ बर्ष अघि

२0७५ चैत्र १३ बुधबार

माग पुरा नभए आन्दोलन जारी रह्ने प्रदर्शनकारीको चेतावनी 

सुलोचना महता, चैत्र १३ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका विरुद्ध मंगलबार देखि गोकुलेश्वरमा स्थानीय तथा व्यापारीले गरीरहेको विरोध माग पुरा नहुदाँ सम्म आन्दोलन जारी रह्ने बताएका छन् । नगरपालिकाको कार्यपालिकाद्धारा नगरपालिकाको केन्द्र नक्तड राखेर गोकुलेश्वर नै राख्न माग राख्दैँ गोकुलेश्वरका स्थानीय तथा व्यापारीहरुले व्यापक विरोध गरीरहेका छन् ।

शैल्यशिखर नगरपालिकाको कार्यालय स्थानीयलाई जानकारी नै नगराई आफूखुशी गोकुलेश्वर बजारबाट अन्तै सारेकाे हुदाँ अान्दाेलन गर्न बाध्य भएकाे स्थानीय तथा व्यापारीहरुले गुनासाे गरेका छन् । गोकुलेश्वर बजार क्षेत्र बन्द नगरपालिका घेराउ तथा नाराबाजी र विरोधप्रदर्शनी तथा यातायात सेवापनि बन्द भएको छ । गोकुलेश्वरमा पर्दशनकारी तथा प्रहरी बिच बिहान १०  बजेतिर सामान्य झडप भएको भएपनि हाल स्थिति सामान्य रहेको स्थानीय नवराज जोशीले बताउनु भयो । नगरपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत शिद्धराज जोशीले बताउनु भयो ।