नगरपालिकाको निणर्य विरुद्ध व्यापक विरोध

५ बर्ष अघि

२0७५ चैत्र १३ बुधबार

नगरपालिकाको निणर्य विरुद्ध व्यापक विरोध

सुलोचना महता, चैत्र १३ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको कार्यपालिकाद्धारा नगरपालिकाको केन्द्र नक्तड राख्नेप्रति गोकुलेश्वरका स्थानीय र व्यापारीहरुले मंगलबार देखि व्यापक विरोध गरीरहेको छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ को गोकुलेश्वर बजार क्षेत्रमा रहेको नगरपालिकाको केन्द्र नक्तड सार्दा उपयुक्त ठाउँ तथा बजार क्षेत्रबाट टाढा हुने भन्दैँ नगरपालिकाको विरुद्ध चर्को विरोध भईरहेको छ ।

नगरपालिकाको कार्यपालिकाद्धारा नगरपालिकाको केन्द्र नक्तड राख्ने निणर्य सच्याउन माग राख्दैँ गोकुलेश्वरका स्थानीय तथा व्यापारीहरुले गोकुलेश्वर बजार क्षेत्र बन्द, नगरपालिका घेराउ तथा नाराबाजी र विरोधप्रदर्शनी भइरहेको छ । गोकुलेश्वर बजार क्षेत्रमा नगरपालिकाको केन्द्र राख्दा सर्वसाधारण जनता, व्यापारी, कर्मचारी लगायत आम नगरबासीले सहज रुपमा सेवा सुविधा पाउने स्थानीय नवराज जोशीले बताउनु भयो । 
शैल्यशिखर नगरपालिकाद्धारा शहरी आवास तथा भवन डिभिजन कार्यालयका लागि १० रोपनी जमिन आवश्यक परेको हुदाँ गएको असोज महिनामा नगरपालिकाले निणर्य गरी गोकुलेश्वर बजार क्षेत्र, नक्तड, जाजरी र ठुलीसनी क्षेत्रमा जग्गाका नगरपालिकालाई उपलब्ध गराउनुका लागि सुचना जारी गरीएको शैल्यशिखर नगरपालिकाकी उपमेयर राजमति पालले बताइन् । गोकुलेश्वर बजार क्षेत्रमा जग्गाधनीहरुले जग्गा उपलब्ध नगराउँदा नगरपालिकाको केन्द्र गोकुलेश्वरबाट लगभग २ किलोमिटर रहेको नक्तड राख्ने निणर्य कार्यापालिकाबाट पारित गरीएको शैल्यशिखर नगरपालिकाकि उपमेयर राजमति पालले बताइन् । शहरी आवास तथा भवन डिभिजन कार्यालयको ३० करोड आर्थिक सहयोगमा नगरपालिकाको नयाँ भवन निर्माण हुने भएको छ ।