बाटो बन्द भएपछि दुहुँ र मार्मा क्षेत्रको विकास निर्माण प्रभावित

६ बर्ष अघि

२0७५ जेष्ठ २५ शुक्रबार

बाटो बन्द भएपछि दुहुँ र मार्मा क्षेत्रको विकास निर्माण प्रभावित

दृष्टीकोण समाचार, दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ५ बंगाबगड क्षेत्रमा रहेको जिल्ला समन्वय समितिको तलपट्टीको क्षेत्रमा बाटो घाँटो नहुदा जिल्लाका उत्तरी क्षेत्रमा हुने विकास निर्माण प्रभावित भएको छ । महाकाली नदि नियन्त्रण आयोजनाको १० नम्बर प्याकेज क्षेत्रमा अहिले बाटो बन्ने क्रममा छ । महाकाली नदिको बहावका कारण १० नम्बर क्षेत्रमा गतबर्ष तटबन्धको पर्खाल भत्काएपछि सो क्षेत्रमा दोश्रो पटक तटबन्ध निर्माण कार्य भईरहेको छ । महाकाली नदि नियन्त्रण आयोजनाले तटबन्धको जग निर्माण गर्नका लागि २०७४ साल चैत्र १ गते देखि एक महिनाका लागि माथिल्लो क्षेत्रमा  जाने बाटोघाँटो बन्द गर्ने सूचना गरी काम गर्न थालेको हो । उक्त समय भित्र महाकाली नदिमा तटबन्ध निर्माणको काम बन्न नसक्दा माथिल्लो क्षेत्रमा जाने गाडीहरुको लागि बाटो बन्द भएको हो । महाकाली नदिमा पानीको बहाव बढेपछि नदिनियन्त्रण आयोजनामा पनि काम गर्न ढिलाई भइरहेको छ । अहिले सो क्षेत्रमा पनि काम चालु रहेको नदि नियन्त्रण आयोजनाले जनाएको छ ।

बंगाबगड क्षेत्रमा बाटोघाँटो नभएपछि त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने विभिन्न योजनाहरुमा निर्माण सामाग्री जान नपाएपछि अरु आयोजनाहरुको काम पनि प्रभावित भएको हो । दार्चुला तिङ्कर सडकको काम, लास्कु र निजाङगाडमा बन्ने पुल, तथा महाकाली नगरपालिकाको बंगाबगड खार दल्लेख सडक खण्डको काम पनि प्रभावित भएका निर्माण व्यवसायि संघका अध्यक्ष महेशसिह धामीले जानकारी दिनुभयो ।
यसका अतिरिक्त एक डेढ महिना पहिले दार्चुला सदरमुकाम पुगेको दुहूँु गाउँपालिकाको स्काईभेटर पनि बाटो अभावकै कारण दुँहुँ गाउँपालिकामा जान नसकेको दुहुूँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।