गाउँपालिकाको टोलीद्धारा एसईई परीक्षाको अनुगमन 

५ बर्ष अघि

२0७५ चैत्र १३ बुधबार

गाउँपालिकाको टोलीद्धारा एसईई परीक्षाको अनुगमन 


ललित सामन्त,चैत १३ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको टोलीले बुधबार एसईई परीक्षाको अनुगमन गरेको छ  
गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीको टोलीले मालिकार्जुन गाउँपालिका वाड नम्बर ६ मा रहेको सरस्वती मावि उकुको विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षाको अनुगमन गरिएको पनि गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । 
अनुगमका क्रमममा परीक्षा शान्त, मर्यादित र भइरहित वताबरणमा सञ्चालन भइरहेकोे उहाँले बताउनु भयो ।
 यहि चैत १० गते बाट सञ्चालन भएको कक्षा १० को एसईई परीक्षाको आज तेस्रो दिन गणित विषयको परीक्षा लिएको पनि शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनु भयो ।
 यस अघि मालिकार्जुन गाउँपालिकाको टोलीले पररीक्षा सञ्चालन भएको दिन बाट नै अनुगमनमा गएको छ । यस अघि मालिकार्जुन गाउँपालिका वाड नम्बर ८ शंकरपुर मावि पस्ती र मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ मा रहेको मालिकार्जुन मावि मड विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षाको अनुगमन गरिसकेको उहाँले बताउनु भयो । 
परीक्षा शान्त मर्यादित भइरहेकको पनि उहाँले बताउनु भयो । 
टोलीमा मामलिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,उपाध्यक्ष पुष्पा अवस्थी मामलिकार्जुन गाउँपालिका प्रशासकिय प्रमुख हरि साउद विद्यालय निरीक्षक दशरथ भट्ट, स्रोतव्यतिm हिरा चन्द्रको टोलीले अनुगमन गररेका हुन । यस्तै टोलीमा मालिकार्जुन गाउँपालिका वाड नम्बर ६ र ७ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले अनुगमन गरिएको गाउँपालिकाले जनाएकको छ ।