गाउँपालिका भित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन

५ बर्ष अघि

२0७५ चैत्र १२ मंगलवार

गाउँपालिका भित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन

ललित सामन्त,चैत १२ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका भित्र आर्थिक वर्ष २०७५ —०७६ अन्तर्गत सञ्चालित विकासे योजनाहरुको मंगलबार गाउँपालिकाको टोली द्धारा अनुगमन गरिएको छ । मालिकार्जुन गाउँपालिका वाड नम्बर १ र मालिकार्जुन गाउँपालिका वाड नम्बर ७ उकु वडाहरुको अनुगमन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।
 अनुगमन टोलीले मालिकार्जुन गाउँपालिका १मा रहेको सिलाई बुनाइ तालिमको अनुगमन गरेको छ । यस्तै वाड नम्बर ७ उकुमा रहेको सिलाई बुनाई तालिमको पनि गाउँपालिकाको टोली द्धारा अनुगमन तथा अवलोकन गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनु भएको छ । यस्तै गाउँपालिकाको टोलीले भर्तोला जौलजिवीसेरा सडक खण्डको पनि निक्षण अनुगमन गर्नु भएको छ । 

 
गाउँपालिका र वडाबाट विनियोजित बजेटले गत वर्ष र चालु आर्थिक वर्षमा थुप्रै योजना सम्पन्न गरिएको र बाँकी योजनाहरुको पनि जनतालाई राहात मिल्ने गरी दिगो विकास निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ । सोही अवसरमा   मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लोकेन्द्र सिह धामीले गाउँपालिकाले विकास निर्माणका कार्यलाई प्राथमिकता दिई आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनु भयो । 
 
योजना अनुगमन पछि मात्र उपभोक्ता समितिलाई योजनाको रकम भुक्तानी हुने गाउँपालिकाले बाध्यकारी नियम बनाएको हुँदा प्राविधिक सहितको अनुगमन समितिले अनुगमन गरेर प्रतिवेदन पेश गरेपछि मात्रै उपभोक्ता समितिले भुक्तानी पाउँने छन् । त्यसैले काम सही ढङ्गले होस् र बजेट ठीक ठाउँमा सही सदुपयोग होस् भनेर प्रत्येक योजनालाई छुट्टाछुट्टै अनुगमन गरिएको गाउँपालिका अध्यक्ष नेरेन्द्र सिह धामीले बताउनु भयो ।

यस्तै अनुगमन कै टोली मंगल बार मालिकार्जुन गाउँपालिका वाड नम्बर ६ मा रहेको भग्वनावशेषको रुपमा रहेको उकु महलको पनि आज निक्षरण अनुगमन गरेको उहाँले बताउनु भयो । गाउँपालिका बाट ६ लाख रुपैँया र वडा बाट २ लाख गरी जम्मा ७ लाखमा निर्माण भइरहेको उकुमहलको निरक्षण अनुगमन गरेको पनि धामीले बताउनु भयो ।  


अनुगमनका क्रममा अधिकांश योजनाहरु स्टमेट भन्दा अझै बढी काम गरेको देखिएको मालिकार्जुन गाउँपालिकाका इन्जिनियर ईश्वर पन्तले बताउनु भयो ।यस्तै अनुगमन टोलीले आज नै वडा नम्बर ७ वडा कार्यालय लाई जग्गा दान गर्नु हुने मान सिह खत्री र उहाँकी धर्मपत्नी जमुना देवी खत्रीले वडा कार्यालयलाई ५ रोपनी जग्गा दान गरेकोर र अनुगमनको टोलीले खादा दोसल्ला ओडाइ स्वागत गरेको पनि मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नेरेन्द्र सिह धामीले बताउनु भयो । अनगमन टोलीले भोली एसईई परीक्षा उकुमा निरीक्षण अनुगमन गर्ने पनि बताइएको छ ।

 अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी,इन्जिनियर इश्वर पन्त वडाका वडा अध्यक्ष स्थानीय बासिन्दाहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।