हिन्दु राष्ट्र कायम राख्न राप्रपाले दार्चुलामा के के कार्यक्रम गर्छ ?

५ बर्ष अघि

२0७५ चैत्र १२ मंगलवार

हिन्दु राष्ट्र कायम राख्न राप्रपाले दार्चुलामा के के कार्यक्रम गर्छ ?

सुलोचना महता, चैत्र १२ दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दार्चुलाले मंगलबार देखि हिन्दु राष्ट्र कायम गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । आफनो स्नातन हिन्दु धर्मको पुर्नःस्थापना तथा मौलिक संस्कृतिको जगर्नो गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको राप्रपा जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष विरसिँह बडालले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राखेकोे २२ बुदेँ मागलाई सम्बोधन गदैँ यहि चैत्र १२ गते देखि २०७६ बैशाख ८ गते सम्म विभिन्न कार्यक्रम सञ्चालन गरीने राप्रपा जिल्ला कार्य समिति दार्चुलाले जनाएको छ । राप्रपा जिल्ला कार्यसमिति दार्चुलाले हिन्दु धर्मको जर्गेना गर्न “सत्यग्रह प्रवचन” र “आन्दोलन” कार्यक्रम गर्ने भएको छ ।

सत्यग्रह प्रवचन यहि चैत्र २३ गते सदरमुकाम खलंगामा रहेको मालिकार्जुन मन्दिरमा बिहान, चैत्र २८ गते दुहुँ गाउँपालिकामा रहेको बह्मदेवताको मन्दिरमा, चैत्र २५ गते राष्ट्रको सातौँ धामको रुपमा चिनिने मालिकार्जुन मन्दिरमा र २०७६ बैशाख ३ गते नौगाड गाउँपालिकाको धुलिगाडामा कार्यक्रम हुने राप्रपा जिल्ला कार्य समितिका प्रबक्ता अमर सिँह धामीले बताए । सत्यग्रहको प्रवचन सदरमुकाम खलंगामा रहेको मालिकाजुन मन्दिर, दुहुँको बह्मदेवताको मन्दिर र राष्ट्रको सातौँ धाम मालिकार्जुन मन्दिरमा बिहान १० बजे देखि र नौगाडको धुलिगाडामा रहेको नौगडेश्वरी मन्दिरमा दिउँसो १२ बजे देखि कार्यक्रम ब्राहमण हरी दत्तले गर्ने राप्रपा जिल्ला कार्य समिति दार्चुलाका प्रबक्ता धामीले जानकारी दिनुभयो ।

त्यसैगरी आन्दोलन कार्यक्रम अन्र्तगत यहि चैत्र १२ गते हिन्दु धर्मको प्रचारप्रशास र हस्ताक्षर कार्यक्रम घरदैलोमा पु¥याउने, २०७६ बैशाख ८ गते जिल्लामा धर्म निरपक्ष वा बेनर होडिङ बोर्ड जल्लाउने तथा सत्यग्रह वा प्रवचन गर्ने कार्यक्रम सञ्चालन गरीने राप्रपा जिल्ला कार्यसमिति दार्चुलाले जनाएको छ ।