एक नेपाली एक फलफुल विरुवारोपन, दार्चुला नेपाली सेनाद्धारा वृक्षारोपण 

५ बर्ष अघि

२0७५ चैत्र १२ मंगलवार

एक नेपाली एक फलफुल विरुवारोपन, दार्चुला नेपाली सेनाद्धारा वृक्षारोपण 

ललित सामन्त,चैत १२ दार्चुला  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक नेपाली एक फलफुलको विरुवारोपण अभियान’ अन्र्तगत मंगलबार दार्चुला जिल्लामा रहेको नेपाली सेनाको दुर्गादल गुल्म परिसरमा विभिन्न प्रजातीका करिव २ सय वटा फलफुलका वोटहरु वृक्षारोपन गरिएको छ । 
मंगलबार विहान जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टनेतृत्वको टोलीले गुल्म परिसर भित्र वृक्षारोपण गरेको गुल्मपति गणेश रावलले जानकारी दिए ।
डिभिजन वन कार्यालय दार्चुलाको समन्वय तथा सहयोगमा गुल्म परिसर भित्र कागती, तेजपात, अमला, केरा, आरु, अम्बा, सल्लो, आँप, डालेघास लगायतका करिव २ सय वोटहरु रोपिएको गुल्मपति रावलले बताए । वृक्षारोपणले गुल्मलाई ‘गो ग्रिन क्याम्प’ बनाउने अभियानलाई समेत सयोग पुग्ने गुल्मपति रावलले बताए ।