योजना व्यवस्थापन सम्बन्धी गोष्ठी सञ्चालन

५ बर्ष अघि

२0७५ चैत्र १२ मंगलवार

योजना व्यवस्थापन सम्बन्धी गोष्ठी सञ्चालन

 

सुलोचना महता, चैत्र १२ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा ग्रामिण जलस्रोत परियोजना व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा मंगलबार देखि दुई दिने उपभोक्ता समिति महिला पदाधिकारीको लागि योजना व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन भएको छ । निमार्ण भएका योजनाहरुमा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले योजना व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन भएको दुहुँ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द सिँह बडालले बताए । 
त्यस्तै कार्यक्रममा बोल्दैँ दुहुँ गाउँपालिका अध्यक्ष एवमं परियोजना अध्यक्ष पुलेन्द्र कार्की उक्त गोष्ठी उपलब्धीमुलुक हुने तथा निमार्ण भएका योजनाहरु दिगो हुने बताएका छन् । दुहुँ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द सिँह बडालको अध्यक्षता एवमं दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा दुई दिने योजना व्यवस्थापन सम्बन्धी गाेष्ठी सञ्चालन भएको छ । तालिममा युवा कलबका ३० जना महिला प्रतिनिधि, ५ वटा वडाका महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमं सेविका र ६ वटा उपभोक्ता समितिका महिला प्रतिनिधिको सहभागिता रहेको थियो ।