नेपाल भारतका सुरक्षा अधिकारीविच यहि चैत १७ गते सिमावर्ती बैठक बस्ने

५ बर्ष अघि

२0७५ चैत्र १२ मंगलवार

नेपाल भारतका सुरक्षा अधिकारीविच यहि चैत १७ गते सिमावर्ती बैठक बस्ने

ललित सामन्त,चैत १२ दार्चुला । भारतमा हुन गइरहेको भारतीय लोक सभा चुनावका बेला दुबै देशका अधिकारी विच यहि चैत १७ गते सिमावर्ती बैठक बस्न लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो ।

नेपाल भारत सीमा क्षेत्रमा हुने अपराधिक घटना न्युनिकरणका लागि दुबै देशका सुरक्षा अधिकारी विचको समन्वयात्मक बैठक भारतको पिथौरागठमा बस्न लागेको पनि प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण , सीमास्तम्भ तथा नेपालीहरु भारतीय प्रहरीले दिने गरेको बेला बेला दुःख दिने गरेको र त्यसलाई पनि सीमावर्ती देखिएका समस्या र त्यसको समाधानका उपाय सुचनाको आदान प्रदान तथा सीमावर्ती अपराध न्युनिकरणका लागि अपनाउन सकिने उपाय लगायतका विषयमा छलफल हुने जिल्ला प्रशासन कार्यालय दार्चुला प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो ।

बैठकमा दार्चुलाका भारत संग नाका जोडिएको क्षेत्र तिंगरम क्षेत्रमा नेपालीहरुले समान ल्याउने क्रममा भारतीय प्रहरीले बेला बेला दुख दिने गरेको गुनासो जिल्ला प्रशासन सम्म पुगेकाले त्यस विषयमा पनि सिमावर्ती बैठकमा राखिने उहाँले बताउनु भयो । यस्तै भारत तर्फको खोतिला पहिरोको विषयमा पनि नेपाल तर्फ बाट कुरा उठाइने प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो । बैठकले नेपाल भारत क्षेत्रमा हुने अराधिक गतिविधि न्युनिकरण गर्ने दुबै देश विच सम्झौता हुने र अपराध नियन्त्रणमा दुबै देशले नियमित सुरक्षा बैठकमा लोकसभा चुनाव बाहेक मानव तस्करी, सामाजिक विकृति लगायतको विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिनु भएको छ ।

बैठकमा लागूऔषध र सीमा स्तम्भ मर्मत सम्भार तथा अतिक्रमण हुन नदिने बारे भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले बताउनु भयो । नियमित सुरक्षा बैठकमा सीमा क्षेत्रको व्यापार, अपराध, नियमित आवतजावत,भन्सार,वन,नदी नियन्त्रण,प्राकृतिक स्रोत साधनको विषयमा कुरा उठाइने जिल्ला प्रशासनले जनाएको छ । बैठकमा सुरक्षा निकायका प्रमुख लगायत प्रशासनको टोली यहि चैत १७ गते भारतको पियौरागडको बैठकमा सहभागि हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।