राष्ट्रिय गौरवकाे आयोजना तिंकर सडकमा ट्र¥याक कटिङमा लापर्बाही

५ बर्ष अघि

२0७५ चैत्र ११ सोमबार

राष्ट्रिय गौरवकाे आयोजना तिंकर सडकमा  ट्र¥याक कटिङमा लापर्बाही


सुलाेचना महता, चैत्र ११ दार्चुला । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दार्चुला तिंकर सडक खण्डको ठाउँ ठाउँमा ट्र¥याक कटिङ गर्दा लापर्वाही भएकाे पाइन्छ । दार्चुलाको दुहूँ गाउँपालीका वडा नं. २ हिकिला मन्तडमा रहेको कित्ता नं. ५ सय ७५, ५ सय ७६, ५ सय ७७ गरी तिन कित्तामा १ रोपनी १ आना जमिनमा १५÷२० मिटर माथि सडक काटिएको छ । 
अंश वाण्डा गर्दा सो त्रुटि देखिएको र दार्चुला तिंकर सडकले अंश वाण्डा गर्न गएका अमिन विष्णु भट्टलाई यति ठुलो गल्ती भएको छैन आयोजनाका इन्जिनियर दिनेश रैखोलाले भने, “सर्वेमा म नै गएको हुँ, जागीर खाने धम्की दिई आफ्नो अडान समेत गरेका थिए ।” कामय राख्दा जिल्ला प्रशासन कार्यालयवाट प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चाय लगायतको टोलीले अध्ययन गर्दा गलत भएको र आफ्नो गल्ती छिट्टै सुधार गर्ने दार्चुला तिंकर सडक आयोजनाका ईन्जिनियर रैखोला वताए । हामीलाई १ महिना जति समय दिनु होस् हामी आफ्नौ क्षेत्रमा किटिङ गर्छाै भन्यो, तिन महिना पनि वितिसक्यो केहि सुर सार देखाएको छैन् जग्गा धनी पदम राज जोशीले बताउनु भयो ।
आईतवार फेरी जिल्ला प्रशासन कार्यालय दार्चुला र दार्चुला तिंकर सडक आयोजना लाई दुहूँ गाउँपालीका र जग्गा धनीहरुले सयूक्त रुपमा निवेदन पेश गरेका छन् । अवको १ हप्ता सम्म पनि सडकले कुनै सुर सार देखाएन भने सडक अवरुद्ध देखी लिएर गाडि हरु तोडफोड गर्ने जनाएको छ । दार्चुला तिंकर सडक आयोजनामा आईतवार निवेदन दिन गएका जग्गा धनीले कार्यालयमा निवेदनन दर्ता गर्न पनि कुनै कर्मचारी नपाएको र आयोजना प्रमुख राजधानी रहेको र कार्यालयमा कार्यालय सहयोगी वाहेक अन्य कुनै पनि कर्मचारी नपाएको जग्गा धनीको गुनासो छ । 
प्रमुख जिल्ला अधिकारी शंकर विष्टले अव आयोजना प्रमुख काठमाडौँ वाट आउने वित्तिकै प्रशासनमा वोलाएर यो वारे थप जनकारी लिई छिट्टै समस्या समाधानमा जोड दिने वताएका छन् । तत्काल सडक अवरुद्ध गर्दा अघिल्लो क्षेत्रको कटिङ देखि लिएर विकास निर्माणको कार्यमा ढिलासुस्ति हुने भन्दै प्रमुख जिल्ला अधिकारी विष्टले तत्काल सडक वन्द नगर्न जग्गा धनीहरुलाई आग्रह गर्नु भएको छ । 
१५ वर्षमा निमार्ण कार्य सम्पन्न हुने गरी निर्माण थालेको आयोजनाको १० वर्ष विति सक्दा समेत कार्य प्रगति ३२ प्रतिशत मात्रै भएको पाईएको छ । तिंकर सडक आयोजना आर्थिक बर्ष २०६६ ÷६७ बाट शुरु भई आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न हुने गरी सडक निमार्ण कार्य भईरहेको छ । सदरमुकाम खलंगा देखि व्यासँको तिंकर सम्म १ सय ३५ किलोमिटर तिंकर सडकका नामले चिनिन्छ । तिंकर सडक आयोजनामा २०७३÷०७४ मा महाकाली कोरीडोर थपिएको थियो । महाकाली कोरीडोर अन्तर्गत रहेको कञ्चनपुर देखि सदमुकाम खलंगा सम्म २ सय ९१ किलोमिटर सडक रहेकोमा कञ्चनपुर देखि सिधै दार्चुला जिल्ला पुग्ने  ११ मिटर चौडा सडक निमार्ण गर्ने लक्ष्य लिएकोमा अझै पनि केहि प्रगति भने देखिएको छैन् । 
दुहुँ गाउपालिकाको वडा नं. १,२,३,४,५ वडालाई छोएको हुनाले सडक सञ्चालनमा आउन नसकेर ठुला ठुला विकासका निर्माणका कार्यहरु गर्न देखि लिएर यात्रामा समेत प्रभावित बनेको दुहँु गापालिकाका अध्यक्ष कार्कीले बताए ।  नयाँ ठेक्का नलागेकाे तथा ठेक्का प्रकियामा रहेकाे हुदाँ तिंकर सडक अायाेजनाले आफ्नौ क्षेत्रमा किटिङ गर्न नसकेकाे तिंकर सडक अायाेजनाका इन्जिनियर रैखाेलाले बताए ।