पत्रकारसंग प्रहरीको  परिचयात्मक कार्यक्रम 

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

पत्रकारसंग प्रहरीको  परिचयात्मक कार्यक्रम 

ललित सामन्त चैत १० दार्चुला । दार्चुलामा नयाँ प्रहरीको रुपमा आउनु भएका दिपेन्द्रबहादुर शाहीले जिल्लाको शान्ती सुरक्षा र अमन चयनका लागी सबैसरोकारवाला संग समन्वय गरेर अघिबढ्ने बताउनु भएको छ ।
समाजमा अहीले पनी विभीन्न किसीमका अपराधजन्य घट्नाहरु भईरहेको बताउदै उहाले यस्ता घट्नाहरु न्युनिकरण गर्न समाजका हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने उहाका भनाई छ ।
चैत ५ गते मात्रै दार्चुला पुग्नु भएका प्रहरी नायब उपरिक्षक शाहीले आज आयोजना गरेको पत्रकार संगको परिचयात्मक कार्यक्रममा बोल्दै  शाहीले जिल्लाको अवैध घरेलु मदिरा नियन्त्रण तथा ब्यवस्थापन गर्ने स्थानीय तहको अभियानमा प्रहरी सहयोग गर्न तयार रहेकाले स्थानीय सरकारलेपनी प्रहरी संग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहभागी जिल्लाका विभीन्न संञ्चार माध्याममा कार्यरत पत्रकारहरुले दार्चुला जिल्लाको बस्तु स्थितीका बारेमा जानकारी गराउदै प्रहरी र पत्रकार बिचको सम्बन्ध प्रगाढ बनाउनु पर्ने र सही समयमा सुचना उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
 कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामीले यो भन्दा पहिला पनि प्रहरी प्रमुखहरु संगको पत्रकारको राम्रो सम्बध रहेको र अझ यसलाई प्ररघाट बनाउनु पर्ने बताएका छन् । कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।