शान्ति सुरक्षासँगैँ समाज सेवामा नेपाली सेना

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

 शान्ति सुरक्षासँगैँ समाज सेवामा नेपाली सेना

 
दृष्टिकोण समाचार, चैत्र १० दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा रहेको दुर्गादल गुल्मले शान्ति सुरक्षासँगैँ समाज सेवामा काम गर्दे आएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको ढाकाटोपी बस्तीमा खानेपानीको सार्वजनिक धारा निर्माण गरी आइतबार महाकाली नगरपालिकालाई हस्तान्त्रण गरेको छ ।

सुदरपश्चिम पृत्ना हेडक्वाटरको ७५ हजार रुपैँया आर्थिक सहयोगमा उक्त धारा निर्माण भएको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति गणेश रावलले जानकारी दिनुभयो । नेपाली सेनाले देशमा शान्ति सुरक्षा देखि लिएर समाजिक कार्य गरी स्थानीय जनताहरुको सम्बन्ध सुधारका लागि समाज सेवामा रहेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति रावलले बताउनु भयो । त्यस्तै सार्वजनिक धारा हस्तान्तरण कार्यक्रममा बोल्दैँ नेपाल सेनाले समाज सुधारका लागि पछिल्लो समय विभिन्न समाज सुधारका काम गरिरहेकाले आजको यो कामले ठुलो मदत पुगाएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो । 
महाकाली नगरपालिकामा मात्रै नभई दार्चुला जिल्लाका विभिन्न ठाँउमा नेपाली सेनाले गरिहेको कामहरुको प्रसंसा गर्दो महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले दुर्गादल गुल्म दार्चुलाले गरेको कामका लागि धन्यवाद ज्ञापन गरेका छन । नेपाली सेनाले पछिल्लो समय सिमा सुरक्षा मात्रै नभई रक्तदान, गरिब जेहनदा विद्यार्थिहरुलाई छात्रबृति वितरण, पाठ्यपुस्तक वितरण लगायत सरसफाईका कामहरु गर्दो समाजमा जनचेतना मुलक कामहरुको माध्यमबाट समाज सुधारमा लागेको छ ।