प्रमुख जिल्ला अधिकारीको टोलीले तीन वटा परीक्षा केन्द्रको अनुगमन गरे

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

प्रमुख जिल्ला अधिकारीको टोलीले तीन वटा परीक्षा केन्द्रको अनुगमन गरे

ललित सामन्त,चैत १० दार्चुला । आज बाट सुरु भएको यस वर्षको एसईई परीक्षा लाई मर्यादित शान्त र भइरहित वताबरणमा सु सम्पन गर्ने उद्देश्यले आज प्रमुख जिल्ला अधिकारी शंकर बहादुरको टोली द्धारा जिल्लाका चार वटा परीक्षा केन्द्रको अनुगमन गरिएको छ ।

आइतबार बाट देशैभर सञ्चालन भइरहेको एसईई परीलाई शान्त तरिकाले सम्पन गर्नेका लागि जिल्लाका प्रमुखहरुको टोलीले अनुगमन गरेको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जय राज पन्तले बताउनु भयो । आइतबार जिल्लाको मेहेन्द्र मावि खलंगा क र ख केन्द्र यस्तै महाकाली नगरपालिका वाड नम्बर ७ मालिकार्जुन मावि धापमा प्रमुख जिल्ला अधिकारीको टोलीले अनुगमन गर्नु भएको छ । यस्तै महाकाली नगरपालिका वाड नम्बर ९ राष्ट्रिय मावि दत्तु परीक्षा केन्द्रको पनि शिक्षा विकास तथा समन्वय एकाई प्रमुख दार्चुलाका कर्मचारीहरुले अनुगमन गरिएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख पन्तले जानकारी दिनु भएको छ ।

अनुगमन क्रममा परीक्षा शान्त मर्यादित भइरहित वातारणमा परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनु भयो । यस वर्ष दार्चुला बाट एसईई परीक्षा दिने नियमित तर्फ २ हजार ८ सय ६६ जना रहेका छन् । यस्तै ग्रेड वृद्धि तर्फ २ सय ८८ जना यस वर्षको एसइइ परीक्षा दिन लागेका छन् । यसैविच दार्चुलाका २७ विद्यार्थीले परीक्षा दिन बाट बञ्चित भएका छन् । उहाँरुको परीक्षा दिनको लागि ७५ प्रतिशत हाजिर नपुगेको र कुनै विद्यार्थीले शुल्क समेत नबुझाएकाले परीक्षा दिन बाट बञ्चित गरीएको एकाइ प्रमुख पन्तले बताउनु भयो । यस्तै आज बाट सञ्चालन भइरहेको कक्षा १० को परीक्षाका केन्द्रहरु नियमित तर्फ १६ वटा र एउटा ग्रेड वृद्धिको गर िदार्चुला बाट १७ वटा केन्द्रमा आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा लिइन लागेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जय राज पन्तलले बताउनु भयो ।

अनुगमन टोलीमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट,शिक्षा विकास तथा समन्वय एकाई प्रमुख जयराज पन्त,नेपाल प्रहरी प्रमुख दार्चुलाका डिएसपी दिपेन्द्र बहादुर शाही,नेपाल सशस्त्र प्रहरी प्रमुख ५० नम्बर गुल्म दार्चुला प्रमुख भिम बहादुर चन्द र अनुसन्धान कार्यालयका जनप्रतिनिधिहरुको टोलीले आइतबार तीन वटा परीक्षा केन्द्रको अनुगमन गरेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख पन्तले बताउनु भयो । यस्तै स्थानीय तहका प्रमुखहरुले जिल्लाका विभिन्न स्थानमा परीक्षाको अनुगमन गरिएको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएको छ ।