अञ्चल प्रहरी प्रमुख चन्द दार्चुलाको अनुगमन भ्रमणमा (फोटो फीचर)

६ बर्ष अघि

२0७५ जेष्ठ २४ बिहीबार

अञ्चल प्रहरी प्रमुख चन्द दार्चुलाको अनुगमन भ्रमणमा (फोटो फीचर)

दृष्टीकोण समाचार, दार्चुला । सात नम्बर प्रदेशको महाकाली अञ्चलका प्रहरी बरिष्ट उपरिक्षक बिक्रम बहादुर चन्द अनुगमन भ्रमणका क्रममा विहिबार दार्चुला पुग्नु भएको छ । अञ्चल प्रहरी प्रमुख चन्दले विहिबार नै जिल्ला प्रहरी कार्यालय दार्चुलामा जडान गरिएको सिसिटीभिको पनि उद्घाटन गर्नु भएको छ । 
संघिय व्यवस्थामा प्रहरीको नयाँ संरचना र २०७५ भाद्र १ गतेबाट लागु हुने सामाजिक अपराध सम्बन्धीको नयाँ मुलुकी ऐन कार्यान्वयनको बारेमा पनि विभिन्न जिल्लाका प्रहरी युनिटहरुलाई जानकारी एवं निर्देशन दिने क्रममा एसएसपी चन्दले महाकाली अञ्चलका सबै जिल्लाहरुको भ्रमण गर्नु भएको हो । 
काठमाण्डौँबाट महाकाली अञ्चलको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर कञ्चनपुरमा सरुवा बढुवा हुनु भएका चन्दले महाकाली अञ्चलका सबै जिल्लाहरुको अनुगमन भ्रमण गर्न लाग्नु भएको हो । 
भ्रमणको क्रममा बैतडी जिल्लाको अनुगमन भ्रमण सकेर दार्चुलाको भ्रमण गर्नु भएको हो । बैतडी जिल्ला जन्मघर भएका एसएसपी चन्दले आफ्नो क्षेत्रमा काम गर्न समस्या र अवसर दुबै भएको बताउँदै सबैपक्षलाई ख्याल गर्दै कानुनका पालना गर्ने गराउने बताउनु भयो । 
‘सुदुरपश्चिमको एकमात्रै राम्रो पक्ष भनेको अखण्डता र एकता भएकोले काम गर्न सहज हुन्छ ।’ पत्रकार भेटघाँटको क्रममा चन्दले भन्नुभयो । साथै यस क्षेत्रमा व्याप्त रुपमा देखा परेको सामाजिक अपराध आत्महत्या, मदिराका कारण हुने सामाजिक अपराधलाई न्युनिकरण  तथा नियन्त्रण गर्न प्रहरीले सून्यसहनशीलताको नीति अबलम्बन गर्ने बताउनु भयो । भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालयको निरिक्षण तथा महाकाली लोगमार्गमा पर्ने विभिन्न प्रहरी युनिटहरुको अनुगमन तथा निरक्षण गर्नु भएको छ ।  एसएसपी चन्द विहिबार दार्चुलामै बस्ने र शुक्रबार दार्चुलाबाट फर्कने दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । 

(फोटो फीचर)