देशभरका पर्यटन पत्रकार नेपालगन्जमा

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

देशभरका पर्यटन पत्रकार नेपालगन्जमा

दृष्टिकोण समाचार,चैत १० दार्चुला । पर्यटन प्रबद्र्धनका लागि मिडियाको भुमिका विषयमा तीन दिने तालिम आइतबार उद्घाटन गरिएको छ । पाँच नम्बर प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा  सञ्चालन भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार महासंघको आयोजनामा तिन दिने पर्यटन प्रबद्र्धनका लागि मिडियाको भुमिका विषयमा तालिमको आयोजना गरेको छ । नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा रितुबिचारको अध्यक्षाता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा पर्यटन प्रबद्र्धनका लागि मिडियाको भुमिका विषयमा तीन दिने तालिमको आयोजना गरिएको हो ।

पत्रकारिताको माध्यमबाट पर्यटनको बिकास गर्नका लागि पर्यटन बिधामा कलम चलाउने पत्रकारको क्षमता बिस्तार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा सातवटै प्रदेशका शाखाहरूबाट सहभागिता रहेको छ । यस्तै नेपाल पर्यटन पत्रकार महासंघले हाल सम्म ६८ जिल्लामा पर्यटन पत्रकार महासंघको शाखा बिस्तार गरिसकेको छ । भने तालिम तीन दिन सम्म चल्ने नेपाल पर्यटन पत्रकार महासंघले जनाएको छ ।