बल्न नसकेको चमेलिया जलविद्युत र झेल्न नसकेको स्थानीयको पीडा (फोटो फिचर )

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

बल्न नसकेको चमेलिया जलविद्युत र झेल्न नसकेको स्थानीयको पीडा (फोटो फिचर )

दृष्टिकोण समाचार चैत १० दार्चुला । दार्चुला जिल्ला सदरमुकामबाट लगभग ६५ किलोमीटर दुरीमा रहेको साविकको शिखरको बलांचमा पर्दछ चमेलिया जलविद्युत आयोजना ।
सोही क्षेत्रमा वि।स।२०६६ सालदेखी सुरुमा झन्डै ८ अरब बाट बढेर १६ अरब ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना काम सम्पन्न गर्ने लक्षकासाथ काम सुरु गरियो ।

चार वर्षमा काम सम्पन्न गर्ने लक्षका साथ सुरुमा चाइना गेजुवा कम्पनीलाई ठेक्कामा दिएर काम सुरु गरियो तर जुन समयमा काम सम्पन्न हुनुपर्ने हो त्यो समयमा काम सम्पन्न हुन सकेन र लक्षित रकमभन्दा दोब्बर लगभग  करोडको लगानी गरेर फेरि दोस्रो चरणको काम सुरु गर्न थालियो ।
त्यसपछि दोब्बर समय र दोब्बर रकम खर्चेर काम पूरा गने लक्ष्यका साथ दोस्रो चरणको काम सुरु गरियो ।झन्डै २०७१ र७२ तिर काम समपन्न हुने भनिएता पनि काम सपन्न हुन सकेन र फेरि कामको म्याद थपियो ।डेढ वर्ष म्याद थप गरि झन्डै २ वर्ष पछि प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ माघ २७ गतेका दिन औपचारिक कार्यक्रम गरि उदघाटन गरियो। तर उदघाटन गरेको झन्डै टेढ वर्ष हुदासम्म पनि विजुली बल्न सकेको छैन ।
अझै पनि दार्चुला जिल्लाका विभिन्न गाउँ भेगका बासिन्दाहरु अध्यारोमा बस्न बाध्या भएका छ्न ।चमेलिया आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरु नै अध्यारोमा बस्न बाध्य भएको स्थानीयहरुको गुनासो छ ।दार्चुला जिल्लाको सदरमुकाममा पनि भारतीय विधुतको भरमा काम गर्नुपर्ने भएको छ ।महाकाली नगरपालिकाको थालिगाडमा सबस्टेसन बन्न लागेको तर काम पूरा नभएर विद्धुत नै सदरमुकाम पुग्न अझै केही समय लाग्ने भएको छ ।आफ्नै जिल्लाको उत्पादित विद्धुत चाहेको समयमा उपयोग गर्न नपाउनु यहाका स्थानीय बासिन्दाले दुखेसो छ ।
भने अर्को तिर त्यही विद्धुत्लाई पर्खेर पसिरहेको वर्सौ हुदा पनि स्थानीय क्षेत्रमा त्यही विद्धुतको आशामा बसेका छौ तर कहिले हाम्रो गाउँस्तरम्म पुग्ने हो, हामी त अँध्यारोमा बस्न बाध्या छौ त्यसमा पनि हाम्रा विध्यालय पढ्ने छोरा छोरीहरु उज्यालो नै नभएर उनीहरु बिहान बेलुकी पढ्नबाट नै बन्जित भएका छ्न,कसरी पास हुन्छ्न त परिक्षामा ू मार्मा गाउँपालिका वार्ड न ६ का स्थानीय कमल ठगुन्ना दुखेसो पोख्नुहुन्छ । 
दार्चुला जिल्लाको दुर्गम क्षेत्र त पछि नै परेका छ तर सुगम क्षेत्र पनि भारतीय विद्युतको भर पर्ने अवस्था छ । दार्चुला जिल्लाका बासिन्दाहरुको अपेक्ष्य पूरा गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र सङघीय सरकारले नै पहल गर्न सक्नुपर्दछ।र स्थानीय बासिन्दाको घरदैलोसम्म भनेका प्रतिबद्धता पूरा गर्न सक्नु आजको स्थानीय सरकारको कर्तव्य हो ।