आज बाट कक्षा १० को एसईई परीक्षा सुरु, २ हजार भन्दा वढिले परीक्षा दिदैँ

५ बर्ष अघि

२0७५ चैत्र १0 आईतवार

आज बाट कक्षा १० को एसईई परीक्षा सुरु, २ हजार भन्दा वढिले परीक्षा दिदैँ

ललित सामन्त,चैत १० दार्चुला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) परीक्षा देशैभर आज बाट सञ्चालन भइरहेको छ । आइतबार बाट सञ्चचालन भएको कक्षा १० को एसईई परीक्षामा दार्चुला बाट नियमित तर्फ २ हजार ८ सय ६६ जना रहेका छन् भने ग्रेड बृद्धि तर्फ भने २ सय ८८ जना यस वर्षको एसइइ परीक्षा दिन लागेका  छन् ।

यसैविच दार्चुलाका २७ विद्यार्थीले परीक्षा दिन बाट बञ्चित भएका छन् । उहाँरुको परीक्षा दिनको लागि ७५ प्रतिशत हाजिर नपुगेको र कुनै विद्यार्थीले शुल्क समेत नबुझाएकाले परीक्षा दिन बाट बञ्चित गरीएको एकाइ प्रमुख पन्तले बताउनु भयो । यस्तै आज बाट सञ्चालन भइरहेको कक्षा १० को परीक्षाका केन्द्रहरु नियमित तर्फ १६ वटा र एउटा ग्रेड वृद्धिको गर िदार्चुला बाट १७ वटा केन्द्रमा आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा लिइन लागेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जय राज पन्तलले बताउनु भयो ।

यस्तै परीषालाई शान्त मर्यादित र भइरहित वाताबरणमा सञ्चालन गर्नेका लागि सुरक्षा व्यवस्था पनि कडाइ गरिएको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएको छ । सञ्चालन हुने कक्षा १० को एसईई परीक्षा विहान ८ बजे बाट सुचारु भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा लिइने भएको छ । यस्तै ११ गते दोस्रो दिन अनिवार्य नेपाली विषय हुने शिक्षा विकास तथा समन्वय एकाई दार्चुला प्रमुख पन्तले बताउनु भयो ।

चैत १३ गते गणित १४ गते अनिवार्य विज्ञान चैत १५ गते समाजिक शिक्षा चैत १६ गते स्वास्थ्य जनसंख्या तथा वाताबरण १७ गते ऐच्छिक प्रथम १८ गते ऐच्छिक दुतिय गरी साधारण तर्फको परीक्षा सकिने शिक्षा विकास तथा समन्वय एककाई प्रमुख पन्तले बताउनु भयो । यस्तै प्राविधिक तर्फ भने चैत २१ ग्ते मात्रै परीक्षा सकिने पनि शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएकोे छ ।