जिल्ला प्रशासन अगाडी व्यापारीहरुले गरे नाराबाजी

५ बर्ष अघि

२0७५ चैत्र ८ शुक्रबार

जिल्ला प्रशासन अगाडी व्यापारीहरुले गरे नाराबाजी

दृष्टिकोण समाचार, चैत्र ८ दार्चुला । भारतीय बजारबाट ल्याएका समानहरु छोटीभन्सार कार्यालय दार्चुलामा रोके पछि दार्चुला बजारका स्थानीय व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका छन् । ‘व्यापारी एकता जिन्दाबाद, हाम्रा माग पूरा गर’ जस्ता नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय आगाडी व्यापारीहरु जम्मा भएका छन् । शुक्रबार विहान भारतीय बजारबाट विभिन्न समानहरु ल्याएका दार्चुलाका व्यापारीहरुलाई भन्सार कटाएर सामान लैजान भन्दै छोटी भन्सार कार्यालय दार्चुलाले व्यापारीहरुको सामान रोकेपछि व्यापारीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन् । दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्ना सहित उद्योग बाणिज्य संघको टोली र प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट सहित सुरक्षा निकायको टोलीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा बैठक बसेको छ ।