वडा स्तरीय  पुरुष भलिबल प्रतियोगिता हुने   

५ बर्ष अघि

२0७५ चैत्र ८ शुक्रबार

वडा स्तरीय  पुरुष भलिबल प्रतियोगिता हुने   


सुलाेचना महता, चैत्र ८ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाको गोरिलमान्डौँ माविमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोतिगा हुने भएको छ । हिकिला खेलकुद विकास समितिको आयोजना तथा समाज कल्याण समाज दार्चुलाको सहयोगमा यहि चैत २७ गते देखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । खेल प्रतिभाको उजागरण गर्दै नव खेलाडीहरुको पहिचान, सहभागिता तथा विकास गर्ने उद्देश्यले वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरीएको हिकिला खेलकुल विकास समितिका अध्यक्ष प्रदिप कार्कीले जानकारी दिनुभयो । उक्त भलिबल प्रतियोगिताका प्रथम हुने टिमलाई ६३ हजार ३ सय ३३ रुपैँया शिल्ड, मेडल र प्रमाण पत्र, द्धितीय हुने टिमलाई  ३३ हजार ३ सय ३३ रुपैँया शिल्ड, मेडल र प्रमाण पत्र र तृतीय हुने टिमलाई  १३ हजार ३ सय ३३ रुपैँया शिल्ड, मेडल र प्रमाण पत्र पुरुस्कार दिइने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा भाग लिन खेलाडीहरुका लागि खान र बस्न समेत व्यवस्था गरिएको हिकिला खेलकुद विकास समितिका अध्यक्ष कार्कीले बताउनु भयो ।उक्त भलिबल प्रतियोगितामा टिम दर्ता चैत्र २६ गते ४ बजेसम्म दर्ता शुल्क ५ हजार ५ सय रुपैँया रहेको छ ।