भन्सारले समान रोकेपछि स्थानीयको विरोध

५ बर्ष अघि

२0७५ चैत्र ८ शुक्रबार

भन्सारले समान रोकेपछि स्थानीयको विरोध

दृष्टिकोण समाचार, चैत्र ८ दार्चुला । नेपाल भारत सीमा जोड्ने दार्चुलामा रहेको छोटी भन्सार कार्यालय दार्चुलाले भारतबाट आयातित विभिन्न सामानको भन्सार काट्न भनेपछि स्थानीयले विरोध जनाएका छन् । भारतीय बजार धारचुलाबाट नेपाली व्यापारीहरुले ल्याएका विभिन्न खाद्यान्न सामाग्रीहरु खाने तेल, चिनी, विष्कुट, लगायत अन्य दैनिक उपभोग्य बस्तुमा भन्सार काट्न थालेको भन्दै स्थानीयले विरोध गरेका हुन् । पुलघाँटमा रहेको नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा चेकपोष्टले स्थानीयको सामान चेकजाँच गरी भन्सार लाग्ने बस्तुको भन्सार काट्न भनेपछि यो स्थिति सिर्जना भएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिनुभयो । अहिले स्थानीय व्यापारीहरु सामान भन्सार कार्यालयमै छोडेर जिल्ला प्रशासन कार्यालयमा गएका छन् । भारतबाट आयात गरिने चिनी, तथा अन्य सामाग्रीहरुमा भन्सार लाग्ने गरेको छ भने खानेतेल र भारतीय अण्डा पुर्ण रुपमा प्रतिबन्धित गरिएको छ । व्यापारीहरुले प्रतिबन्धित खानेतेल र भारतीय अण्डा पनि लुकाइ छिपाई ल्याउने गरेका छन् ।