नेपाल निजामति कर्मचारी संगठन दार्चुलाको आयोजनामा भएको होलीको आय व्यय सार्वजनिक 

५ बर्ष अघि

२0७५ चैत्र ७ बिहीबार

नेपाल निजामति कर्मचारी संगठन दार्चुलाको आयोजनामा भएको होलीको आय व्यय सार्वजनिक 

ललित सामन्त,चैत ७ दार्चुला । नेपाल निजामति कर्मचारी संगठन दार्चुलाले होली बाट उठेको रकम आज विहिबार नै सार्वजनिक गरेको छ । 
चैत ५ गते बाट सुरु भएको सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिजो मात्रै हाली टुंगिएको छ । यसैविच नेपाल निजामति कर्मचारी संगठन दार्चुलाले  दुइ दिनमा झण्डै १ लाख २० हजार ४ सय ४५ रुपैँया संकलन गरेको छ । जस्मध्ये कपडा,बाजा,खाना खर्च कटाएर   १ लाख ४ हजार ४ सय ४५ रुपैँया जम्मा गरेको छ ।  यो रकम ७० हजार रुपैँया संगठनको खातामा जम्मा गर्ने र कुनै सामाजिक कार्यमा खर्च गर्ने आयोजकले जनाएको छ । बाकी ३४ हजार ४ सय ४५ रुपैँया यहि चैत ९गते दार्चुलाको डुङरी मन्दिरमा भोज गर्ने पनि आयोजकले जनाएको छ । 
दुइ दिन सम्म खेलेको हाली पर्वमा सबै भन्दा वढि रुपैँया दिने दार्चुला बाट निर्वाचित प्रदेश सांसद गेल्बु सिह बोहराको घर बाट नेपाल कर्मचारी संगठनको टिमलाई १० हजार रुपैँया दिएको छ । हालीमा कर्मचारी पत्रकार स्थानीय तहका प्रमुख वुद्धिजीव समाज सेवीहरुको सहभागितामा होली खेलीएको आयोेजकले जनाएको छ ।
  यसैबिच गाउँघरमा बढ्दो आधुनिकताले होली पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो ।
 मौलिक परम्परा र संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिएको हो 
गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दै गएको छ । युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र होली पर्व मान्ने चलन बढ्दो छ ।