जिल्ला अस्पताल दार्चुलामा तीनजना कर्मचारीको पदपुर्ति

५ बर्ष अघि

२0७५ चैत्र ७ बिहीबार

जिल्ला अस्पताल दार्चुलामा तीनजना कर्मचारीको पदपुर्ति

ललित सामन्त,चैत ७ दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा तीनजना कर्मचारीको पदपुर्ति गरिएको छ ।
 आज एक कार्यक्रम गरी जिल्ला अस्पताल दार्चुलामा तिनजना कर्मचारीलाई लाई पदपुर्ति गरिएको हो । ल्याब टेक्निसियनमा राम प्रसाद ओझा,नर्समा लक्ष्मी धामीलाई नियुति गरिएका छन् । 
यस्तै एन एस थेसिया ससिस्टेन्टमा बागेश्वर प्रसाद मिश्रलाई जिल्ला अस्पताल दार्चुलाले कर्मचारी पदपुर्ति गरेको हो । विगत लामो समय देखि जिल्ला अस्पताल दार्चुलामा यी तिन पदको कर्मचारीहरुको आवश्यकता रहेको थियो । 
जिल्ला अस्पताल दार्चुलाका निमित्त सुपरिटेन्डेन्ट डाक्टर गजेन्द्र दुवालले नयाँ आउनु भएका कर्मचारीहरुलाई स्वागत गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।