उवासंघ दार्चुला द्धारा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रमुखको स्वागत

५ बर्ष अघि

२0७५ चैत्र ७ बिहीबार

उवासंघ दार्चुला द्धारा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रमुखको स्वागत

ललित सामन्त,चैत ७ दार्चुला  जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी शंकर बहादुुर विष्ट र प्रहरी प्रमुख दिपेन्द्र शाहीलाई दार्चुला उद्योग बाणिज्य संघले बिहिबार स्वागत गरेको छ । 
कार्यक्रम संघका अध्यक्ष मंगल सिह ठगुन्नाको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमा प्रमुख जिल्ला अधिकारी  र अर्का नयाँ आउनुु भएका प्रहरी प्रमुख शाहीलाई खादा ओढाएर स्वागत गरेका हुन । खादा आढाइ स्वागत कार्यक्रमका अध्यक्षता एवंम दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले दार्चुला जिल्ला सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाइृ स्वागत गर्दै संघका अध्यक्ष ठगुन्नाले उहाँरुको दार्चुला बसाई सुखद र कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

उहांले दार्चुला जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन र निजि क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र दार्चुुलाको विकासका लागि उद्योग वाणिज्य संघ(दार्चुला सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रममा उहांले व्यापारीक क्षेत्रहरुमा प्रशासन र सुरक्षा निकायको  पछिल्लोे समय ध्यान दिनुु पर्नेृ बताएका छन् ।
 स्वागत कार्यक्रममा  बोल्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी  शंकर बहादुर विष्टले दार्चुला जिल्लाको विकासको सन्दर्भमा सरकारी निकायको तर्फबाट उद्योग वाणिज्य संघ संग सहकार्य र समन्वयमा अगाडी बढ्न आफु  तत्पर रहेको बताउनु भयो ।
 उहांले जिल्लाको समृद्धीमा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने हुनाले व्यवसायीहरु खुला प्रतिष्पर्धामा रहिरहंदा आम नागरिक तथा उपभोक्ताहरुको हितलाई समेत ध्यान राख्नु पर्ने बताउंदै दार्चुला जिल्लामाहरेका दृष्टीकोणले सम्भावना युक्त जिल्ला भएकोले यसको विकास र संबृद्धी संग संगै सामाजिक बिकृती र विसंगती विरुद्ध आफु कटिबद्ध रहने र सरकारी निकाय बाट उपलब्ध हुने सेवा सुविधालाई सके सम्म चुस्त राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 
सोहि कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जिल्लाको सुरक्षाका लागि आफु हरदम प्रयत्नशिल रहने जनाउंदै सुरक्षाका सन्दर्भमा आवश्यक सूचना महत्वपूर्ण हुने हुनाले सुरक्षा सम्बन्धि सूचना तथा जानकारी उपलब्ध गराउन अनुरोध गर्दै आफुहरु सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो स्वागत कार्यक्रममा दार्चुला उद्योग बाणिज्य संघका कर्मचारी स्थानीय व्यापारीहरु लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।