मुल्य बृद्धिको बिरोधमा नेविसंघको विरोध 

६ बर्ष अघि

२0७५ जेष्ठ २३ बुधबार

मुल्य बृद्धिको बिरोधमा नेविसंघको विरोध 

दृष्टीकोण समाचार, दार्चुला । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यबृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले आज देशव्यापी विरोध कार्यक्रम गर्ने कार्यक्रम अन्तरगत दार्चूला जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन ।
नेपाल सरकरले गरेको पेट्रालियम पदार्थको मुल्य बृद्धि र महङ्गी लगायत कालो बजारीकरणको विषयलाई ल्याएर जिल्ला प्रशासन कार्यालय दार्चुलामा नारा बाजी सहित धर्ना दिएका छन् । नेपाल विद्यार्थि संघ जिल्ला कार्यासमिति दार्चुलाको अगुवाईमा जिल्ला सदरमुकाम दार्चुलामा नाराबाजि सहित बजार परिक्रमा समेत गरेका हुन् । नेपाल विद्यार्थि संघ केन्द्रीय कार्यालयको सर्कुलर अनुसार दार्चुलामा पनि विरोध कार्यक्रम गरेको नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्टले बताउनु भयो । कालोबजारी कम्युनिष्ट सरकारको संज्ञादिदै बजारमा सरकार विरोधि नारा लगाउदै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।