दार्चुलामा एक जना मृत फेला 

५ बर्ष अघि

२0७५ चैत्र ७ बिहीबार

दार्चुलामा एक जना मृत फेला 

दृष्टिकोेण समाचार चैत ७ दार्चुला । दार्चुलाको दुहु गाउँपालिका वाड नम्बर २ हिकिला बस्ने बुवा जयराम पार्कीका छोेरा वर्ष २२ का अमिर पार्की मृत फेलापरेका छन् । 
भारत बाट होली बनाउन घरतिर जाने बेला दार्चुला तिंकर सडक अन्तरर्गत मन्तड भन्ने ठाउँ बाट लडेर हरक सिह धामीको निर्माधिन घरको पिलरमा परेपछि मृतक पार्कीको पेटमा छड गएपछि  घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हिकिलाका प्रहरी शाहयक निरीक्षक भुवन चन्दले बताउनु भयो ।

शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा पठाइएको समेत शाहयक निरीक्षक चन्दले जानकारी दिनु भएको छ । घटना के कति कारणले भयो त्यसकोे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।