दार्चुलाका दुई विद्यालयको परीक्षा केन्द्र परिवर्तन 

५ बर्ष अघि

२0७५ चैत्र ७ बिहीबार

दार्चुलाका दुई विद्यालयको परीक्षा केन्द्र परिवर्तन 

ललित सामन्त,चैत ७ दार्चुला । यहि चैत १० गते बाट सञ्चालन हुने कक्षा १० को एइइ परीक्षामा  दार्चुलाका दुई वटा विद्यालयको केन्द्र परिवर्तन गरिएका छन् । 
परिवर्तन गरिएका विद्यालयहरुमा लटिनाथ मावि चन्दनपुर चौपता र मालिकार्जुन मावि मिलमिलीको विद्यालयका केन्द्रहरु सम्बन्धित विद्यालय र सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा शिक्षा विकास तथा समन्वय एकाइ दार्चुृलाले यी दुइ विद्यालयको केन्द्र परिवर्तन गरी लटिनाथ मावि चन्दनपुर चौपातालाई गोकुलेश्वर मावि गोकुलेश्शवरमा र यस्तै मालिकार्जुन मावि मिलमिली लाई मालिकार्जुन मावि मडमा सारिएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनु भयो । 
गत वर्षमा यी दुई विद्यालयको परीक्षा केन्द्र लटिनाथ मावि चन्दनपुर चौपताको कृष्ण मावि लाली र यस्तै मालिकार्जुन मावि मिलमिलीको शंकरपुर मावि पस्तीमा रहेको थियो । अन्य जिल्लाभरीका विद्यालयहरुको गतवर्षकै स्थानमा राखिएको पनि शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख पन्तले जानकारी दिनु भएको छ । 
यहि चैत १० गते बाट सञ्चालन हुने एसइइ परीक्षाको केन्द्रहरु नियमित तर्फ १६ वटा केन्द्र र ग्रेड बृद्धि तर्फ  १ गरी जम्मा १७ वटा केन्द्रहरु रहेका छन् । यस्तै २०७३ साल सम्मका विद्यार्थीहरुका लागि जिल्ला सदरमुकाम क्षेत्रमा परीक्षा हुने र २०७४ सालका विद्यार्थीहरुको सम्बन्धित केन्द्रहरुमा हुने पनि शिक्षा एकाइ  प्रमुख पन्तले बताउनु भयो ।
 यस वर्ष दार्चुलाबाट नियमित विद्यार्थीको संख्या २ हजार ८ सय ६६ जना र ग्रेड वृद्धितर्फ २ सय ८८ जना  यस वर्षको एसइइ परीक्षा दिने भएका छन्  ।

यसैविच दार्चुलाका २७ विद्यार्थीले परक्षिा दिन बाट बञ्चित भएका छन् । उहाँरुको परीक्षा दिनको लागि ७५ प्रतिशत हाजिर नपुगेको र कुनै विद्यार्थीले शुल्क समेत नबुझाएकाले परीक्षा दिन बाट बञ्चित गरीएको एकाइ प्रमुख पन्तले बताउनु भयो ।   यस्तै यहि चैत १० गते बाट सञ्चालन हुने कक्षा १० को परीक्षाको तयारी पुरा भएको पनि शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाले जनाएको छ ।