जबरजस्ती रङ्ग दल्नेलाई कारवाही गरिने,सुरक्षा व्यवस्था कडा

५ बर्ष अघि

२0७५ चैत्र ५ मंगलवार

जबरजस्ती रङ्ग दल्नेलाई कारवाही गरिने,सुरक्षा व्यवस्था कडा

ललित सामन्त,चैत ५ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले होलीको अवसरमा विशेष सुरक्षा व्यवस्था कडाइ गरेकोे छ । जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र उश्रृङख गतिविमा संग्लन हुनेलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमितm कार्यालय प्रमुख रविन्द्र कठायतले बताउनु भयो ।

होली पर्वलाई मर्यादित बनाउन सवारी चेकजाचमा कडाइ गरिएको समेत निमितm प्रमुख कठायतले बताउनु भयो ।साथै उहाँले इछा विपरीत कसैलार्य रङ्ग दल्नेलाई  काम गरेमा कारवाहि गरिने पनि निमितm प्रमुख कठायतले जानकारी दिनु भएकको छ । साथै सादा पोषाकमा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुुलाले जनाएको छ ।