अबैध हातहतियार बुझाउन गृह मन्त्रालयकाे अल्टिमेटम

५ बर्ष अघि

२0७५ चैत्र ५ मंगलवार

अबैध हातहतियार बुझाउन गृह मन्त्रालयकाे अल्टिमेटम

ललित सामन्त,चैत ५ दार्चुला अबैध हातहतियार बुझााउन गृह मन्त्रालयको ३५ दिने अल्टिमेटम दिनु भएको छ । यसै विच जिल्ला प्रशासन कार्यालय दार्चुलाले   स्थानीय नागरिकले अवैध रुपमा राखेका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दाचुृलाले आग्रह गरेको छ । प्रशासनले हतियार बुझाउन गरेको आग्रहलाई अटेर गरी नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने जिल्ला प्रशासन कार्यालय दार्चुलालेजनाएको छ ।

कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको ,इजाजतपत्र नवीकरण नगरीएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तत्काल जिल्ला प्रशासनमा बुझाउन आग्रह गरिएको दार्चुलाका प्रमुुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानककारी दिनुुभएकोे छ ।  उहाँले भन्नुभयो, ‘अवैध रुपमा राखिएका हतियार बुझाउन आग्रह गरेका छौँ,

नबुझाए कानुनबमोजिम कारबाही हुने छ ।’ अवैध रुपमा राखिएका हातहतियारहरु नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो । नेपाल सरकारको फागुन २८ गते निर्णयानुसार ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाउनेलाई कुनै कारबाही नहुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।