लिपुलेक केन्द्रविन्दु भएर दार्चुलामा भुकम्पको धक्का   

५ बर्ष अघि

२0७५ चैत्र ५ मंगलवार

लिपुलेक केन्द्रविन्दु भएर दार्चुलामा भुकम्पको धक्का   

 ललित सामन्त,चैत ४ दाचुृला । सोमबार बेलुका एक घण्टाको फरकमा दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 
दुवै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाना लिपुलेक आसपास रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनभयो ।बेला बेला दार्चुलामा भुकम्प जाने गरेको छ । दार्चुला जिल्ला भुकम्पकोे दृष्टिकोणले जोखिम रहेकोले भुकम्प जुनसुकै बेलापनि जानसक्ने भएककाले सर्र्तकता अपनाउनु पर्ने बताएका छन् ।