स्थानीयले सेवा पाउने गरि काम गर्नु पर्छ नगर प्रमुख भट्ट

५ बर्ष अघि

२0७५ चैत्र ५ मंगलवार

स्थानीयले सेवा पाउने गरि काम गर्नु पर्छ नगर प्रमुख भट्ट

रमेश खत्री चैत्र ५ दार्चुला ।। राष्ट्रिय बाणिज्य बैकले निजी बैक सरह सेवा पाउने गरि काम गर्नु पर्ने महाकालि नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ । आज राष्ट्रिय बाणिज्य बैकको ए.टि एमको उद्घाटन गर्दै नगर प्रमुख भट्टले यस्तो बताएका हुन । निजी बैकहरुले गाँउपालिकाहरुमा सेवा सुचारु गरिरहेकाले अवका दिनमा सरकारी बैकले पनी निजिबैक सरह सेवा सुचारु गरेमा मात्रै भने जस्तो उपलब्धि गर्न सक्ने बताउनु भयो । मंगलबार राष्ट्रिय बाणिज्य बैक दार्चुला शाखाका शाखा प्रबन्धक किसन राम लोहारको अध्यक्षता एवं महाकालि नगरपालिका नगर प्रमुख हंसराज भट्ट प्रमुख आथ्यियता तथा राष्ट्रिय बाणिज्य क्षेत्रीय प्रबन्धक आनन्द शुवेदिको विशिष्ट आथ्यियतामा उद्धाटन कार्यक्रम सम्पन्न भएको हो । उद्धाटन समारोहमा राष्ट्रिय बाणिज्य बैकका क्षेत्रीय प्रबन्धक आनन्द शुवेदिले विकट जिल्लाहरुमा पनि सेवा प्रवाहका लागि विभिन्न सुविधाहरु थप्ने क्रममा रहेकाले अवका दिनमा सेवा थप गरिरहेको बताएका हुन । आजबाट २४ घण्टा सेवा सुचारु गर्ने पनि जानकारी दिएका छन ।