एसइइ परीक्षाका लागि केन्द्राध्यक्षकाे टुंगो लाग्यो, तयारी पुरा 

५ बर्ष अघि

२0७५ चैत्र ४ सोमबार

एसइइ परीक्षाका लागि केन्द्राध्यक्षकाे  टुंगो लाग्यो, तयारी पुरा 

ललित सामन्त,चैत ४ दार्चुला । अगामी चैत १० गते बाट सञ्चालन हुने कक्षा १० को एसइइ परीक्षाका लागि दार्चुलाका १६ वटा केन्द्राध्यक्षको टुंगा लागेको छ ।  सोमबार शिक्षा विकास तथा समन्वय एकाई दार्चुलामा बसेको बैठकले दार्चुलाका १६ वटा केन्द्रका केन्द्राध्यक्षहरुको टुङगो लागेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्र्रमुख जय राज पन्तले बताउनु भयो । दार्चुलाका ३ वटा संस्थागत विद्यालय र अन्य सबै सरकारी विद्यालयहरु गरी यस वर्ष दार्चुला जिल्ला बाट २ हजार ८ सय ६६ जना नियमित तर्फ र ग्रेड वृदितर्फ २ सय ८८ जनाले एसइइ परीक्षा दिने भएका छन । यस्तै आज जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले अगामी चैत १० गते बाट सञ्चालन हुने एसइइ परीक्षाको तयारी पुरा भएको  जानकारी गराएको छ । परीक्षालाई शान्त मर्यादित ढंगले सञ्चालन गर्नका लागि दार्चुलाका १६ वटै केन्द्रका केन्द्राध्यक्षहरुलाई निर्देशन समेत दिएकाे छ । 
दार्चुलाका १६ वटा परीक्षा केन्द्रमा हिमालय मावि हुतीमा ऐन बहादुर चन्द,जनविकास मावि बारबाजमा गिता कुवर, महेन्द्र मावि खलंगा क केन्द्र बाट राम दत्त जोशी ख बाट दामोदर जोशी,मालिकार्जुन मावि धापमा मेघ राज जोशी, राष्ट्रिय मावि दत्तुमा राजेश सिह सामन्त,सरस्वती मावि उकुमा प्रेम सिह महरा,कृष्ण मावि लालीमा कृष्ण दत्त जोशी रहेका छन् । यस्तै मालिकार्जुन मावि मडमा भुवन सिह डागा ,शंङकरपुर मावि पस्तीमा धनन्जय पन्त,गोकुलेश्वर मावि गोकुलेश्वरमा धनन्जय पन्त, लटिनाथ मावि रसकोटमा भगीरथ विष्ट,तपोवन मावि पडपडामा राजेन्द्र बहादुर सिह ,गणेश विनायक मावि सिप्टीमा राजेन्द्र सिह महर र लटिनाथ मावि चन्दनपुर चौपतामा महेश राज जोशी गरी जिल्लाका १६ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको टुंगो लागेकाे  शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जय राज पन्तले बताउनु भयो । अगामी चैत १० गते बाट सञ्चालन हुने कक्षा १० परीक्षाको तयारी पुरा भएको छ । प्रश्नपत्र  जिल्लामा पुगी सकेको उहाँले बताउनु भयाे । लगभग तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाले जनाएको छ ।