प्रदेश सरकारद्वारा विज्ञहरुको राय सुझाव संकलन ।।

६ बर्ष अघि

२0७५ जेष्ठ २२ मंगलवार

प्रदेश सरकारद्वारा विज्ञहरुको राय सुझाव संकलन ।।

दृष्टीकोण समाचार दार्चुला । सात नम्बर प्रदेशको समग्र विकास तथा समृद्धिका लागि बजेट तयारी गर्ने क्रममा सरकारले विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । ७ नम्वर प्रदेशको दिगो विकास एवं समृद्धिको सम्भावना तथा चुनौती विषयकमा विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
प्रदेशको विकासका लागि प्रशस्त सम्भावना हुदा हुदै पनि विकासको सवालमा पछाडी रहेको प्रदेश नम्वर ७ लाई समृद्ध वनाउन के के गर्न सकिन्छ ? भनेर विज्ञहरुको सुझाव लिन कार्यक्रमको आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, शुशाशन लगायतका सन्दर्भमा विज्ञहरुले आ—आफ्नो धारण राख्नु भएको छ ।
कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रीय योजना आयोगका पूर्व सदस्य जनकराज शाहले सुदुर पश्चिम विकासका लागि अहिले सम्म बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताए । उनले भने “यहाँको विकासका लागि छुट्टै नीति वनाएर मात्र पुग्दैन, बनेका विकासे नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नियमन गरौ, समृद्धि प्रदेश धेरै टाढा छैन ।” अन्तरक्रिया कार्यक्रममा पुर्व उपप्रद्यान तथा गृह मन्त्री भिम रावल, पुर्व मन्त्री लेखराज भट्ट सहित बिभिन्न विधामा पोख्त यस क्षेत्रका २० जना विज्ञहरुको सहभागी रहेको थियो ।