डिभिजन वन कार्यालयद्धारा डढेलो नियन्त्रण सप्ताह उद्घाटन

५ बर्ष अघि

२0७५ चैत्र १ शुक्रबार

डिभिजन वन कार्यालयद्धारा डढेलो नियन्त्रण सप्ताह उद्घाटन

रमेश खत्री चैत्र १ दार्चुला । दार्चुला लगायत देशभर वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय दार्चुलाको वार्षिक स्वीकृत कार्यक्रम वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन अन्तरगत वन डढेलो नियन्त्रण सप्ताह सुरु गरिएको डिभिजनल वन अधिकृत हरिप्रसाद पाण्डेले बताउनु भयो ।

अपी नम्पा संरक्षण क्षेत्र बाहिर रहेका जिल्लाका विभिन्न स्थानीय तहमा वन डढेलो नियन्त्रण सप्ताह सुरु गरिएको डिभिजन वन कार्यालय दार्चुलाका सहायक वन अधिकृत अमरसिँह धामीले जानकारी दिनुभयो । २०६९ सालदेखि हरेक वर्षको चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म वन डढेलो नियन्त्रण सप्ताह मनाइदै आएको सहायक वन अधिकृत धामीले बताउनु भयो । वन डढेलो नियन्त्रण सप्ताह अन्तरगत जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरिने छ । शनिबार मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा कार्यक्रम गरिने डिभिजनल वन अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिनु भएको छ । डिभिजन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत हरिप्रसाद पाण्डेको अध्यक्षता एवं जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश गिरीराज गौतमको प्रमुख आतिथ्यतामा सप्ताह उद्घाटन गरिएको हो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट विशिष्ट अतिथि रहनु भएको भएको उक्त कार्यक्रम महाकाली वन डिभिजन कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज विष्ट र नेपाल पत्रकार महासंघ दार्चला अध्यक्ष शंकरसिँह धामीले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अपीनम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरे, नेपाल रेडक्रसका राजकुमार घिमिरे, विभिन्न सामुदायिक वन उपभोक्ता समिति पदाधिकारी तथा प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।