खेलाडीले लगाएको आरोप निराधारः अध्यक्ष दाहाल

५ बर्ष अघि

२0७५ फाल्गुन ३0 बिहीबार

खेलाडीले लगाएको आरोप निराधारः अध्यक्ष दाहाल

दृष्टिकोण समाचार, ३० फागुन दार्चुला । दार्चुला जिल्लाबाट क्षेत्रीय खेलकुदमा सहभागि हुने खेलाडीहरुलाई पोशाक नपाएको भन्ने खेलाडीहरुको आरोप निराधार रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो । करातेका एकदुई जना खेलाडीहरुले आफुहरुले नगरपालिकाबाट प्राप्त खेल पोशाक नपाएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले खेलाडीहरुले लगाएको आरोप झुटा भएको भन्दै समाचार खण्डन गरेका हुन् । महाकाली नगरपालिका, सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएस र शिखर होटेलले दार्चुला जिल्ला बाट क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका १ सय ६९ जना खेलाडीहरुलाई पोशाक प्रायोजन गराएको थियो । तर करातेका खेलाडी दिपेन्द्र जोशी लगायतका खेलाडीहरुलाई पोशाक बाफतको १२ सय ५० रुपैँया उपलब्ध गराएको अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो । कराते र टाइगुन्ट खेलको आफ्नै पोशाक हुने भएकाले पोशाक नपाएका खेलाडीहरुलाई पोशाक बाफतको पैशा दिइएको हो ।
शिखर होटेलले १५ जना अफिसियल पोशाक, सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएसले महिला भलिबल टिम र महाकाली नगरपालिकाले पुरुष भलिबल टिमलाई पोशाक उपलब्ध गराएको थियो । तर सबै १२ खेलमा दार्चुलाबाट क्षेत्रीय प्रतियोगितामा गएका १ सय ६९ खेलाडीहरुलाई पोशाक र पोशाक नपाएका खेलाडीहरुले पैशा पाएको जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ ।