आठ महिनामा छोटी भन्सार दार्चुलाबाट २०लाख भन्दा बढि राजश्व संकलन 

५ बर्ष अघि

२0७५ फाल्गुन ३0 बिहीबार

आठ महिनामा छोटी भन्सार दार्चुलाबाट २०लाख भन्दा बढि राजश्व संकलन 

ललित सामन्त, फागुन  ३० दार्चुला । छोटी भन्सार कार्यालय दार्चुलाले ८ महिनाको अवधिमा २० लाख ६ हजार ८ सय ३० रुपँैया राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷७६ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि फागुन सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरबहादुर बडालले बताउनु भयो ।


 छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा २ लाख १३ हजार ९ सय ४९ रुपैँया, भदौ महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपँैया, असोज महिनामा ३ लाख ३० हजार ९ सय १२ रुपैँया, कार्तिक महिनामा ३ लाख ३ हजार २ सय ७९ रुपैँया र मंसिर महिनामा १ लाख ३० हजार ५ सय ३० रुपैँया राजस्व संङ्कलन गरेको हो । यस्तै पुस महिनामा २ लाख ९ हजार ७ सय ३६ रुपैँया,मााघ महिनामा ३० हजार ८ सय ९ रुपैँया र फागुन महिनामा ३ लाख ३ हजार ५ सय ८१ रुपैँया राजश्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नर बहादुर बडालले बताउनु भयो । 
मूख्य भन्सार कार्यालय झुलाघाँट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालयले विषेशगरी भारतबाट आयातित बस्तुहरु निर्माण सामाग्री, चिनी मिश्री, जुत्ता चप्पल, लगायतका बस्तुहरुबाट बढी मात्रामा राजश्व संकलन गरेको हो ।