नेपाली कांग्रेसलाई नौगाडमा झट्का ३ दर्जन कार्यकर्ताले गरे नेकपामा प्रवेश 

५ बर्ष अघि

२0७५ फाल्गुन ३0 बिहीबार

नेपाली कांग्रेसलाई नौगाडमा झट्का ३ दर्जन कार्यकर्ताले गरे नेकपामा प्रवेश 


ललित सामन्त,फागुन ३० दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेपाली कांगे्रसलाई ठुलो झट्का लागेको छ ।
 नेपाली कांग्रेस परित्याग गरी नौगाडमा ३ दर्जन भन्दा वढि कार्य कर्ताहरुले नेकपामा प्रवेश गरेका छन् । 
नेपाली कांग्रेस परित्याग गरी नौगाड गाउँपालिका वाड नम्बर १ का विगत लामो समय सम्म नेपाली कांगे्रसमा रहेका नन्दुलाल सिह महता,जयलाल ठेकरे, विरभान महता,कुटुमा महता,विसन महतागरी ३ दर्जन भन्दा वढिले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो । 
पार्टी प्रवेश गर्दे अबको समृद्धी नेकपामा मात्रै भएकाले र नेकपाले मात्रै विकास गर्ने भएकाले आफुहरुले पार्टी प्ररित्याग गरेको उहाँले बताउनु भयो ।

 यस्तै पार्टीमा प्रवेश गराउदै नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले नौगाड गाउँपालिकामा नेकपाले मात्रै विकास गरेकाले ३ दर्जन भन्दा वढिले पार्टी प्रवेश गरेको उहाँले बताउनु भयो । पार्टी प्रवेश कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी,नेकपा जिल्ला सचिवालका धनिराम सिह ठगुन्ना,नौगाड गाउँपालिका वाड नम्बर १,४ र ५ का वडा अध्यक्ष लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।