नगरपालिकाले किन गर्याे खेलाडीहरुलाई पक्षपात ?

५ बर्ष अघि

२0७५ फाल्गुन ३0 बिहीबार

नगरपालिकाले  किन गर्याे  खेलाडीहरुलाई पक्षपात ?

सुलोचना महता, फागुन ३० दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले खेलाडीहरुलाई पक्षपात गरेको छ । केहि दिन अघि जिल्ला सदरमुकाम खलंगामा सञ्चालन भएको क्षेत्रिय खुल्ला पुरुष भलिवल प्रतियोगीतमा जम्मा १२ जना भलिवल खेलाडीहरुले मात्र पोशाक पाएको भन्दै अन्य खेलाडीहरुले नगरपालीकाको विरोध गरेका छन् । नगरपालीकाले जम्मा १२ जना मात्र खेलाडीहरुलाई खेलाडी मानेको र अन्यहरुलाई उपेक्षा गरेको अन्य खेलाडीहरुले गुनासो गरेका छन् ।

भलिवल प्रतियोगितामा सामुदायीक ग्रामीण समाज नेपाल सिआरडिएस दार्चुला, शिखर होटल दार्चूला र महाकाली नगरपालीकाका दार्चुलाले पोशाक वितरण गरको छ । पोशाक वितरणमा कुनै ब्याक्तिले र संस्थाले आफ्नो प्रचारको लागी दियो होला हामीलाई मतलव छैन् तर नगरपालीकाकाले त सवै खेलाडीहरुलाई समान रुपले हेर्नु पर्ने हैन् र कराते खेलाडी प्रेम दत्त जोशीले भने । दार्चुलाका खेलाडीहरुले आफु खुसी लगाएको ड्रेसमा मात्र मार्च पास गरेको अर्का खेलाडी कृष्ण जोशीले बताए । महाकाली नगरपालिकाद्धारा खेलाडीहरुलाई पक्षपात गरी प्रचारप्रसारका लागि अन्य क्षेत्रबाट उपलब्ध पोशाक पनि कुन खेलाडीलाई दिएको भनि जानकारी नभएको जोशीले गुनासो गरे ।

जिल्ला खेलकुद विकास समिति मार्फत टिम बनाएर नगरपालिकाले खेलाडीहरुलाई पोशाक उपलब्ध गराएको महाकाली नगरपालिकाका प्रमुख हसंराज भट्टले जानकारी दिनुभयाे । खेलाडीहरुलाई वितरण गरीएको पोशाककाबारेमा के कति वितरण गरीएको र कसरी वितरण गरीएको छ भन्ने बारे बुझिने उहाँले बताउनु भयाे  ।