कारागारका स्वास्थ्यकर्मी तीनबर्ष देखि बेपत्ता

५ बर्ष अघि

२0७५ फाल्गुन २९ बुधबार

कारागारका स्वास्थ्यकर्मी तीनबर्ष देखि बेपत्ता

ललित सामन्त,फागुन २९ दार्चुला । दार्चुला कारागारमा विगत ३ वर्ष देखि स्वास्थ्यकर्मी नहुँदा कैदीलाई समस्या हुने गरेको छ । ३ वर्ष विति सक्दा पनि कारागारका कैदीहरुले उपचार गर्न पाएका छैन । कुनै किसिम रोग लागेमा जिल्ला अस्पताल बाट डाक्टरहरु मगाएर उपचार गर्ने गरेको जिल्ला कारागार दार्चुलाकका सुब्बा मान बहादुर कठायतले बताउनु भयो । विरामी भएपछि अस्पताल लैजानुपर्ने बाध्यताका कारण नियमित चेकजाँचमा समेत समस्या हुने गरेको हो ।

हाल जिल्ला कारागारमा ३९ जना कैदी तथा ९ जना थुनुवा गरी जम्मा ४८ जना रहेका छन् । जिल्ला कारागारमा सहायक लेखापाल,खरीदार र अहेबको दरबन्दी रिक्त हुदा प्रशासकिय काममा जिल्ला प्रशासनले काम गरिरहेको र अरु सबैकाम आफुहरुले गरेको सुब्बा कठायतले बताए । जिल्ला कारागारमा जम्मा ७ जना कर्मचारीको दरबन्दी भएपनि अहिले २ जना कार्यालय सहयोगी र १ जना सुब्बाले काम गरिरहेको पनि जिल्ला कारागार दार्चुलाले जनाएको छ ।