किन छुटे दार्चुलाका २७ जना विद्यार्थी एसइइ परीक्षा दिन बाट हेर्नुस पुरा समाचार

५ बर्ष अघि

२0७५ फाल्गुन २९ बुधबार

किन छुटे दार्चुलाका २७ जना विद्यार्थी एसइइ परीक्षा दिन बाट हेर्नुस पुरा समाचार

ललित सामन्त,फागुुन २९ दार्चुला । अगामी चैत १० गते बाट सञ्चालन हुने कक्षा १० को एसइइ परीक्षामा दार्चुला बाट नियमित तर्फका २७ जना विदार्थीहरुले परीक्षा दिन नपाउने भएका छन् । 
यस वर्ष दार्चुला बाट जम्मा २ हजार ८ सय ६६ जनाले नियमित तर्फ परीक्षा दिने भएतापनि २७ जना विद्यार्थीले  विद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेको र केहि विद्यार्थीले राजस्व समेत नबुझाएका कारण परीक्षा दिन बाट वञ्चित   गरेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताए ।  अगामी चैत १० गते बाट सुरु हुने एसइइ परीक्षाको लागि दार्चुलाका १६ वटा केन्द्र निर्धारण गरिएका छन् यस्तै गे्रड वृद्धि विद्यार्थीका लागि एउटा परीक्षा केन्द्र तोएिको छ । 
परीक्षा हुने स्थानहरुमा हिमालय मावि हुती,जनविकास मावि बारबाज,महेन्द्र मावि खलंगा,छन्ना तिकंरी मावि खलंगा,मालिकार्जुन मावि धाप, राष्ट्रिय मावि दत्तु,सरस्ती मावि उकु,कृष्ण मावि लाली,मालिकार्जुन मावि मड,शंङकरपुर मावि पस्ती,गोकुलेश्वर मावि गोकुलेश्वर, लटिनाथ मावि रसकोट,तपोवन मावि पडपडा,गणेश विनायक मावि सिप्टी,

यस्तै लटिनाथ मावि खार र लटिनाथ मावि चन्दनपुर चौपता गरी जिल्लाका १६ वटा केन्द्रहरुमा यस वर्षपनि कक्षा १० को गे्रड वृद्धि परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जय राज पन्तले जानकारी दिनु भएको छ । परीक्षाको तयारी पनि तिब्र पारीएको छ । अहिले प्रश्नपत्रमा रुजु गर्ने काम भइरहेको र केन्द्रहरु निर्धारण भइसकेको पनि उहाँले बताए ।    यस वर्षको एसईई चैत १० गते आइतबार सुरु भई २१ गते बिहीबार सकिनेछ । बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म  परीक्षाहुने  शिक्षा विकास समन्वय एकाइ दार्चुलाले जनाएको छ ।