दुर्गादल गुल्ममा अनुगमन

५ बर्ष अघि

२0७५ फाल्गुन २८ मंगलवार

दुर्गादल गुल्ममा अनुगमन

ललित  सामन्त,फागुन, २८ दार्चुला । प्रधान सेनापति पुर्ण चन्द्र थापाले मंगलबार  दार्चुलामा रहेको नेपाली सेनाको  दुर्गा दल गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ  । देशभरी नेपाली सेनाको अवस्था तथा वासस्थानको अवस्थाका बारेमा जानकारी लिन प्रधान सेनापति दार्चुला आइपुगेका हुन् ।
 विहान हेलिकप्टरबाट दार्चुला पुगेका सेनापति थापा आजै फर्किनु भएको  दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति मेजर गणेश रावल बताउनु भयो ।
निरक्षण भ्रमणमा आएका प्रधान सेनापति थापाको दुर्गा दल गुल्मका गुल्मपति मेजर गणेश रावलले गर्नु भयो ।  निरक्षण भ्रमण गरेर फर्कने क्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी  शंकर बहादुर विष्टलगायत सुरक्षाकर्मीका प्रतिनिधीहरुले पनि प्रधान सेनापति थापालाइ भेटेका  थिए ।