शंकरपुर जौलजिबी सडकको निर्माण कार्य सुरु

५ बर्ष अघि

२0७५ फाल्गुन २८ मंगलवार

शंकरपुर जौलजिबी सडकको निर्माण कार्य सुरु

दृष्टिकोण समाचार, २८ फागुन दार्चुला । प्रदेश सरकारको ६५ लाख रुपैँयाको बजेटबाट निर्माण गरिने मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती देखि वडा नम्बर ७ जौलजिबी जोड्ने सडक निर्माणको काम मंगलबार बाट सुरु भएको छ ।
मालिकार्जुन गाउँपालिका प्रदेश सरकारको लागानीमा बन्न लागेको उक्त सडकको मंगबारबाट काम सुरु गरिएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम पन्तले जानकारी दिनुभयो । 
जम्मा १० किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीबाट चस्कोट, साननीचौरा, धरमपानी हुँदै जौलजिबीसम्म रहेको छ । चालु आर्थिक बर्षको बजेटले सडक निर्माणको काम सुरु भएको हो ।
यस बाहेक मालिकार्जुन गाउँपालिका अन्तरगत विभिन्न १० वटा सडकहरुको डिपीआर तयार गरिएका छन् ।