दार्चुलामा विश्व वातावरण दिवस (फोटो फीचर) 

६ बर्ष अघि

२0७५ जेष्ठ २२ मंगलवार

दार्चुलामा विश्व वातावरण दिवस (फोटो फीचर) 

दृष्टीकोण समाचार दार्चुला । जुन ५, अर्थात विश्व वातावरण दिवस विविद कार्यक्रम गरी विश्व भरी मनाईएको छ । ‘प्लाष्टिक प्रदुषण निर्मुल पारौँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सप्ताह दार्चुलामा पनि मनाइएको छ । ‘दिगो विकासको मूख्य आधार, स्वच्छ खानेपानी र सरसफाइयुक्त बानी व्यवहार’ नारा दिएर राष्ट्रिय सरसफाई सप्ताह मनाईएको छ । जिल्ला बन कार्यालयको आयोजनामा महाकाली नगरपालिकाको माथिल्लो बंगाबगड क्षेत्रमा रहेको दशरथनगर सामुदायिक बन क्षेत्रमा बृक्षारोपण गरिएको छ । 
रिठा, तेजपात, दालचिनी, बाँस लगायतका बहु उद्देश्यीय बोटविरुवाहरु जिल्ला बन कार्यालयको नर्सरीबाट उपलब्ध गराई झण्डै तीनसय बोटविरुवा रोपीएको जिल्ला बन अधिकृत संजय तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा सामुदायिक बनका अध्यक्ष मंगलसिह ठगुन्ना को अध्यक्षता र प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको समहभागिता रहेको थियो ।
फोटो फीचर