दार्चुला उद्योग बाणिज्य संघले दियो पीडितलाई राहत

५ बर्ष अघि

२0७५ फाल्गुन २८ मंगलवार

दार्चुला उद्योग बाणिज्य संघले दियो पीडितलाई राहत

दृष्टिकोण समाचार, २८ फागुन दार्चुला । व्यापार व्यवसायिहरुको साँझा संस्था दार्चुला उद्योग बाणिज्य संघले दार्चुला जिल्लामा पीडित व्यापारीलाई राहत वितरण गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा झण्डै दुई महिना पहिले भएको आगलागीबाट पीडित व्यापारी पदम बडाललाई दार्चुला उद्योग बाणिज्य संघको पहलमा राहत रकम वितरण गरिएको छ ।दार्चुला जिल्ला उद्योग बाणिज्य संघले बाणिज्य संघमा आबद्ध सबै व्यापारीहरुलाई आर्थिक, भौतिक, नैतिक सबै किसिमको सहयोग गर्ने र व्यापार व्यवसायिहरुको सबै किसिमको सममस्या समाधानका लागि संस्थाले गर्नु पर्ने दायित्व निर्वाह गर्नु पर्ने मूल्य मान्यतालाई पूरा गर्नको लागि उद्योग बाणिज्य संघले पीडितलाई राहत स्वरुप २ लाख १ हजार रुपैँया सहयोग गरेको दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनुभयो । मंलगबार दार्चुला उद्योग बाणिज्य संघको सभाहलमा पीडित व्यापारीलाई राहत वितरण गरिएको हो । पीडित पदम बडालको पशलमा आगलागी हुँदा झण्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको थियो ।